नारायणगढ-मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

इ चितवन खबर

May 20, 2026

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । 
 
 
सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदै छ । नारायणगढबाट ३२ दशमलव एक किलोमिटर मुग्लिनतर्फ खोलो पर्दछ । जसको नारायणगढ तर्फको डाँडोको उचाइ १२० मिटर र मुग्लिन तर्फको उचाइ ९० मिटर रहेको छ । 
 
 
यसैगरी, कालिखोलाको दायाँबायाँको भित्तोको पहिरो रोकथामको काम गरिने छ । नाम्सिखोलाबाट ५०० मिटर मुग्लिनतर्फ पर्ने यो खोलामा नारायणगढ तर्फको भित्ताको उचाइ ६० मिटर र मुग्लिनतर्फको उचाइ ५० मिटर छ । सोही सडकको तुइन खोलामा नारायणगढतर्फ रहेको १०५ मिटर अग्लो भित्तोको पहिरो रोकथामको कार्य अगाडि बढाइने भएको छ । यो ठाउँ नारायणगढबाट ३३ दशमलव नौ किलोमिटर टाढा रहेको छ । 
 
 
इन्जिनियर घिमिरेका अनुसार यी तिनै ठाउँमा भित्तामा चार मिटर ड्रिल गरेर रड भित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिने छ । यो प्रविधिलाई ‘रक नेटिङ’ भनिन्छ । भित्र रहेको रडले जाली अढ्याउने र जालीले ढुङ्गामाटो भित्र अढ्याउँछ । घिमिरेका अनुसार जाली लगाएपछि बायोइन्जिनियरिङ विधिको प्रयोग गरी पुरै डाँडो हरियाली बनाइने छ । 
 
 
यो सडक खण्डमा रहेका ४३ वटा पहिरोको जोखिम ठाउँमध्ये तीन उच्च जोखिमका ठाउँलाई मात्र पहिरो रोकथामका लागि बजेट पुगेको हो । क्रमशः बजेट सुनिश्चित भएसँगै अन्य ठाउँको पहिरो रोकथामको काम गरिने छ । ती तीन वटा पुललाई दुईवटा प्याकेज बनाएर सडक कार्यालयले बोलपत्र आह्वान गरेको हो ।
 
 
इन्जिनियर घिमिरेका अनुसार पहिलो प्याकेज तुइनखोला र नाम्सिखोलाको मुग्लिनतर्फ पर्दछ । यसको वैशाख २५ गते बोलपत्र आह्वान गरिएको छ । दोस्रो कालिखोलाको दुवैतर्फ र नाम्सिखोलाको नारायणगढतर्फको वैशाख २९ गते बोलपत्र आह्वान गरिएको हो । यी दुवै प्याकेजको बजेट रु ४२ करोड ४० लाख रहेको छ । 
 
 
खरिद प्रक्रिया पूरा गरी काम गर्दा असारको अन्तिम साता पुग्ने अनुमान छ । ठेक्का लागेसँगै सुरुमा झर्न लागेका माटाका ढिस्का र ढुङ्गा झारिने घिमिरेले जानकारी दिनुभयो । बर्सातको समयमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गर्दछ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यो रहेको छ । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .