भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

चितवन। पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । यहाँ विगत तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।   

    
गत आवमा यस अस्पतालको बहिरङ्ग सेवामा मात्र तीन लाख १७ हजार २६६ बिरामीले सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअनुसार आव २०८१/८२ मा दुई लाख ९६ हजार ५३८ तथा आव २०८०/८१ मा दुई लाख ४५ हजार ६९४ बिरामीले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक एक हजार २०० ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो । अस्पतालले अहिले बहिरङ्ग सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।

    
अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उहाँका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । आकस्मिक कक्षमा आव २०८०÷८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१÷८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक आचार्यले बताउनुभयो । 

    
आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०÷८१ मा तीन हजार ९८० जना, आव २०८१÷८२ मा चार हजार ५२० र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका थिए । यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०/८१ मा ७५५ जना, आव २०८१/८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

    
यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । आव २०८१/८२ मा एक हजार ३४ जनाको र आव २०८०/८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।

तीन हजार बढी करदाताले बुझाएनन् विवरण
सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे
कक्षा १२ काे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय
वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड
एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
समृद्धिको यात्रामा भरतपुर २२
राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
सञ्चारिकाको अध्यक्षमा पन्थी
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौं : प्रधानमन्त्री
शिलान्यास बहिस्कार गर्ने मेयर रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा
मुग्लिन-पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
आज सुनको भाउ ८०० रुपैयाँले घट्यो, चाँदी भने स्थिर
आफैले शिलन्यास गरेको सडक उदघाटन गर्न प्रधानमन्त्री चितवन जाँदै
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको बिकासमा लाग्छु’
सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार
दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज
प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन
'सरकार सञ्चालनमा कुनै समस्या छैन'
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुन चाँदी दुबैको घटयो मुल्य
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो
राष्ट्रिय युवा संघ नेपाल भरतपुर २५ को अध्यक्षमा सागर थापा

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .