कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

इ चितवन खबर

April 18, 2025

काठमाडौ। कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ५ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।  यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

 

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


# चितवन खबर # अर्थ खबर

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .