इ चितवन खबर
April 17, 2025
काठमाडाैं । अत्याधिक दुरुपयोग भएकाे भन्दै लमजुङका ८ एम्बुलेन्सको दर्ता खारेज गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले ती एम्बुलेन्सको अध्ययन गरेर दर्ता खारेज गरेको जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै खारेजीकाे सुचना दिएकाे हाे ।
‘मिति २०८१ भदाैं ३१ गतेको पत्र तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङको मिति २०८१ भदाैं ३१ गतेको बैठकबाट सम्पर्कमा नआएका ८ वटा एम्बुलेन्स खारेजीका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ बमोजिम सल्लाह–सुझाव प्राप्त भएको विपयमा यस मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय निर्देशक समितिको मिति २०८१ चैत २७ गतेकाे बैठकमा पेस हुँदा राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ को उपदफा ९२० बमोजिम तपसिलमा उल्लेखित आठवटा एम्बुलेन्सहरूको सञ्चालन अनुमति खारेज गर्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएकाे छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 23, 2025
May 23, 2025
May 23, 2025
May 21, 2025
May 21, 2025
May 20, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .