इ चितवन खबर
April 17, 2025
काठमाडाैं । अत्याधिक दुरुपयोग भएकाे भन्दै लमजुङका ८ एम्बुलेन्सको दर्ता खारेज गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले ती एम्बुलेन्सको अध्ययन गरेर दर्ता खारेज गरेको जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै खारेजीकाे सुचना दिएकाे हाे ।
‘मिति २०८१ भदाैं ३१ गतेको पत्र तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङको मिति २०८१ भदाैं ३१ गतेको बैठकबाट सम्पर्कमा नआएका ८ वटा एम्बुलेन्स खारेजीका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ बमोजिम सल्लाह–सुझाव प्राप्त भएको विपयमा यस मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय निर्देशक समितिको मिति २०८१ चैत २७ गतेकाे बैठकमा पेस हुँदा राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ को उपदफा ९२० बमोजिम तपसिलमा उल्लेखित आठवटा एम्बुलेन्सहरूको सञ्चालन अनुमति खारेज गर्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएकाे छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .