इ चितवन खबर
April 18, 2025
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् ।
नारायणगढ बजारमा रहेको ६ लेनको सडक उदघाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन्।
उनका साथमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि साथमा रहनेछ ।
भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन तयार निर्माण सम्पन्न भए पछि प्रधानमन्त्री ओली आज त्यसको उदघाटनमा चितवन जान लागेका हुन् ।
तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइन् ।
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । जसको उदघाटन आज प्रधानमन्त्री ओलीले गर्दैछन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 24, 2026
March 21, 2026
March 21, 2026
March 20, 2026
March 19, 2026
March 13, 2026
March 13, 2026
March 12, 2026
March 11, 2026
March 11, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .