पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप  बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् ।

    
पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।

    
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु छ । होटल तथा घरबासमा पर्यटक भरिभराउ हुँदा व्यवस्थापन गर्न पनि कठिन भएको उहाँले बताउनुभयो ।

    
उहाँका अनुसार बन्दीपुरमा स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकको आगमन बढेको छ । चाडपर्वका कारण लामो बिदा हुनु र पर्यटकीय याम पनि सुरु भएकाले पर्यटकको चाप अत्यधिक बढेको हो । बन्दीपुरमा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ ।

    
बन्दीपुरमा रहेका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता रहेको छ । यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन् । तर, पानीको समस्याका कारण होटलले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसक्ने अवस्था रहेको अध्यक्ष बानियाँले बताउनुभयो । पानीको उपलब्धताले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा असर पारेको उहाँको भनाइ छ ।

    
पर्यटकको चाप बढे पनि बासको व्यवस्थापन गर्न नसक्दा केही पर्यटक बन्दीपुरमै बस्न नपाई फर्किनुपर्ने अवस्था आउनु पर्यटन व्यवसायका लागि चुनौती बनेको छ । बन्दीपुरमा उपलब्ध होटल तथा होमस्टेको क्षमता र पूर्वाधारलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

    
होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटक ओइरिएको बताउनुभयो । बिदाको समय घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार तथा साथीभाइसँग आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । पर्यटकको चाप बढ्दा होटल व्यवसायमा उत्साह थपिएको भए पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उहाँले बताउनुभयो ।

    
बन्दीपुरको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका कारण यो ठाउँ पर्यटकको रोजाइमा पर्दै आएको छ । विशेषगरी बिदाको समयमा परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । विदेशी पर्यटक पनि बन्दीपुरको पुरानो बजार, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणको अनुभव लिन पुग्ने गरेका छन् । पर्यटकको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । 

    
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । 

    
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते
दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न
अध्यक्ष ओलीद्वारा छठको शुभकामना
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
नवलपुरमा २०४ उद्योग थपिए
भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री शाह
एनपिएल : आज जनकपुर र सुदूरपश्चिम भिड्दै
तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च
तिहारको चौथो दिन गाईपूजा गरिँदै
सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
चितवनमा लालपुर्जा वितरण
धनतेरस पर्व मनाइँदै
पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा
न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
सुन र चाँदीको मूल्यमा बृद्धि
छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा
सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन नवलपुरका विभिन्न क्षेत्रमा सामाजिक कार्यक्रम हुँदै
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री
पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
एनपिएल –३ : आज दुई खेल हुँदै
कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .