बालबालिकाको लागि शिक्षक र अभिभावक बिचको सम्बन्ध

टेक बहादुर श्रेष्ठ

इ चितवन खबर

October 19, 2025

बालबालिकाको समग्र बिकासका लागि शिक्षक र अभिभावक बिचको सम्बन्ध अत्यन्तै महत्त्वपूर्ण र सहयोगात्मक हुनुपर्छ । बिधालय र घर दुबै बालबालिकाको सिकाइ र व्यबहारिक विकासका केन्द्र हुन् । त्यसैले यी दुई पक्षबिचको समन्वय र समझदारी बालबालिकाको उज्ज्वल भविस्यको आधार हो । तल त्यस सम्बन्धमा बिस्तारमा उल्लेख गरिएको छ। 

 

१. सहयोगात्मक सम्बन्ध :
क) शिक्षक र अभिभावक बिच परस्पर सहयोग र समर्थनको सम्बन्ध हुनुपर्छ ।
ख) बालबालिकाको अध्ययन, व्यबहार र रुचि बारे एक-अर्कासङ्ग जानकारी साटासाट गर्नुपर्छ ।
ग) दुबैले एउटै लक्ष्य राख्नु पर्छ - बालबालिकाको सर्बाङ्गिण विकास ।

 

२. नियमित संवादको विकास :
क) विधालय र घर बिच नियमित सम्पर्क र संवाद हुनुपर्छ ।
ख) शिक्षकले बिद्यार्थीको प्रगती, कमजोरी र सुधारका उपाय अभिभावकलाई जानकारी दिनुपर्छ ।
ग) अभिभावकले पनि बालबालिकाको बारेमा घरमा देखिएको  व्यबहार वा समस्या शिक्षकलाई बताउनुपर्छ ।

 

३. विश्वास र सम्मानको सम्बन्ध :
क) अभिभावकले शिक्षकप्रती विश्वास र सम्मान राख्नुपर्छ, किनकी शिक्षक बच्चाको सिकाइका मार्गदर्शक हुन् ।
ख) शिक्षकले पनि अभिभावकको सुझाव र दृष्टिकोणको सम्मान गर्नुपर्छ ।
ग) परस्पर सम्मानल्ले सकारात्मक सम्बन्ध निर्माण गर्छ ।

 

४. साझा जिम्मेवारीको सम्बन्ध :
क) बालबालिकाको सिकाइ, अनुशासन र व्यबहार सुधार केवल विधालयको मात्र जिम्मेवारी  होइन अभिभावकको पनि हो ।
ख) दुबैले मिलेर साझा जिम्मेवारी वहन गर्नुपर्छ ।
ग) बिधालय र घर दुबै बाताबरणले बालबालिकालाई एकै संदेश दिनुपर्छ ।

 

५. सहभागिता र सरोकारको सम्बन्ध :
क) अभिभावकले बिधालयले बोलाएको समयमा सहभागिता हुनुपर्छ ।
ख) शिक्षकले अभिभावकको सुझाव र अभिभावकले शिक्षकको सुझाव र प्रतिक्रिया ग्रहण गर्नुपर्छ ।

 

६. सकारात्मक र प्रोत्साहनमुलक सम्बन्ध :
क) दुबैले बालबालिकालाई प्रोत्साहन दिने र सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
ख) एकाअर्कालाई दोषारोपण होइन, समाधानमुखी सोच राख्नुपर्छ ।

 

निष्कर्ष :
बालबालिकाको लागि शिक्षक र अभिभावकबिचको सम्बन्ध मित्रता, विश्वास र सहकार्यमा आधारित हुनुपर्छ । जब दुबै पक्ष एकै दिशामा सहकार्य गर्छन् , तब बालबालिकाको बौद्धिक , सामाजिक  र भावनात्मक विकास सहज र प्रभावकारी हुन्छ ।

 

 (लेखक : उहाँ ओम शान्ति एकेडेमीका प्राचार्य हुनु हुन्छ ।)


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .