शिक्षाविद् तथा सामाजिक अभियन्ता मिलन न्यौपानेलाई एकै पटक तीन अन्तर्राष्ट्रिय सम्मान

इ चितवन खबर

July 10, 2025

 चितवन । शिक्षाविद् तथा सामाजिक अभियन्ता मिलन न्यौपानेले शिक्षा, सामाजिक सेवा र शान्ति प्रवर्द्धनमा पुर्‍याएको अद्वितीय योगदानका लागि एकै पटक तीनवटा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौंमा आयोजित एक भव्य समारोहमा उहाँलाई सम्मानित गरिँदा नेपाली समाजसेवा र शिक्षाको क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हासिल भएको महसुस गरिएको छ।

 

शिक्षा र सामाजिक सेवामा निस्वार्थ योगदानको कदर मिलन न्यौपानेले लामो समयदेखि शिक्षा क्षेत्रमा नवीन प्रयासहरू गर्दै समाजलाई परिवर्तनशील र सकारात्मक दिशा दिने खालका थुप्रै अभियानहरू सञ्चालन गर्दै आउनु भएको छ। उहाँको नेतृत्वमा ग्रीनल्याण्ड पब्लिकले ‘प्रोजेक्ट बेस्ड लर्निङ’, वातावरणीय सचेतना, बाल अधिकार संरक्षण, सांस्कृतिक कूटनीति, र सामाजिक सेवामा महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको छ।

 

उहाँको यिनै उल्लेखनीय कार्यहरूको कदर गर्दै आयोजक संस्थाहरूले उहाँलाई स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डको सम्मानपत्र, एमआईजी इटाली र वर्ल्ड काइन्डनेस मुभमेन्टको ‘Ambassador of Kindness Between Nepal and Italy’ को उपाधि, र Science of Peace Award प्रदान गरेका हुन्।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ५०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ५०% )

Angry ( ०% )

Comments

You May Like

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

November 14, 2025

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

November 14, 2025

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

November 14, 2025

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

November 14, 2025

भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छु : महानिरीक्षक दानबहादुर कार्की

November 14, 2025

होटल पौवाको १६औं शाखा भरतपुरमा

November 13, 2025

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

November 13, 2025

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

November 13, 2025

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

November 13, 2025

सुनचाँदीको मूल्य बढ्यो

November 13, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .