पुष्पाञ्जली हस्पिटल र ग्रीनल्याण्ड स्कुलबीच उपचारमा २५ प्रतिशत छुट सम्झौता

इ चितवन खबर

April 23, 2025

चितवन । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल र श्री पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । स्कुल र हस्पिटलबीच उपचार सेवा छुटको बिषयमा सम्झौता भएको हो ।

 

सम्झौता अनुसार अस्पतालले स्कुलका शेयर सदस्य, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट दिनेछ । उपचारसँगै विभिन्न परीक्षणमा पनि अस्पतालले छुट दिनेछ ।

 

यस्तै हस्पिटलले औषधीमा ७ प्रतिशत तथा शल्यक्रिया, सिटीस्क्यान र क्याबिनमा १० प्रतिशत छुट दिनेछ । स्कुलले आयोजना गर्ने स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धित कार्यक्रम गर्दा हस्पिटलले आवश्यक सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।  

 

सम्झौता पत्रमा हस्पिटलका तर्फबाट अध्यक्ष चेतनाथ वाग्ले र अस्पतालका निर्देशक सुजन अधिकारी तथा स्कुलको तर्फबाट प्राचार्य इन्दिरा पन्त कार्की र सह प्राचार्य उपेन्द्र आचार्यले हस्ताक्षर गर्नुभएको छ । हस्पिटलका अध्यक्ष वाग्लेले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रीनल्याण्डसँग सहकार्य र सम्झौता गरिएको बताउनुभयो । यो सम्झौताले विद्यालय परिवारलाई धेरै सुविधा उपलब्ध गराउने स्कुलकी प्राचार्य कार्कीको भनाइ थियो ।

 

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख केदारप्रसाद सुवेदी, वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी, स्कुलका शिक्षक कृष्ण कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

October 16, 2026

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

October 16, 2026

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

October 15, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 15, 2026

लमजुङ कालिका : जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

October 15, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .