इ चितवन खबर
August 21, 2025
हाइपोथाइरोइडिज्म (Hypothyroidism) :
हाइपोथाइरोइडिज्म भन्नाले थाइराइड ग्रन्थिले पर्याप्त मात्रामा थाइराइड हर्मोन (T3, T4) उत्पादन गर्न नसक्ने अवस्था हो। यसले शरीरको मेटाबोलिज्म कम गरिदिन्छ।
१. कारणहरू (Causes)
अटोइम्युन रोग (Hashimoto’s thyroiditis) – शरीरको प्रतिरक्षा प्रणालीले नै थाइराइड ग्रन्थि आक्रमण गर्छ।
थाइराइड ग्रन्थि निकालिएको (surgery) वा रेडियोएक्टिभ आयोडिन उपचार
आयोडिन कमी (Iodine deficiency)
औषधिको असर (जस्तै Lithium, Amiodarone)
Congenital hypothyroidism – जन्मजात थाइराइड कमी
Pituitary वा hypothalamus को समस्या (secondary hypothyroidism)
२. लक्षणहरू (Symptoms)
हाइपोथाइरोइडिज्म बिस्तारै बढ्ने हुँदा धेरै पटक लक्षणहरू हल्का देखिन्छन्।
अत्यधिक थकाइ, कमजोरी
चिसो सहन नसक्ने
तौल बढ्ने तर खानपिन सामान्य हुने
कब्जियत (Constipation)
छालामा सुख्खापन, कपाल झर्ने
सुस्त बोल्ने, ढिलो सोच्ने
अनुहार सुन्निने, टाउको भारी हुने
आवाज भारी हुने
महिलामा महिनावारी अनियमित वा बढी हुने
Depressed mood / स्मरणशक्ति कमजोर
हातखुट्टा सुन्निने, सुन्निनु (edema)
पछिल्लाे स्थिति नियाल्ने हाे भने उच्चरक्तचाप , मधुमेह जस्तै हाइपोथाइरोइडिज्म पनि धेरै विरामीहरूमा देखिएकाे प्रमुख समस्या हाे। याे राेग महिलाहरूमा बढि र पुरूषहरूमा पनि देखिएकाे पाइन्छ। यसमा प्रयाेग हुने औषधी लेभोथाइरोक्सिन (Levothyroxine) काे बारेमा केही जानकरी दिने प्रयास गरेकाे छु ।
१८९१ मा पहिलोपटक ब्रिटिश चिकित्सक George Murray ले Hypothyroidism भएको बिरामीलाई भेडाको थाइराइड Extract इन्जेक्सन दिए त्यसले हाइपोथाइरोइडिज्मकाे विरामीहरूमा सुधार देखियाे यसरी पहिलाेपटक थाइराइड हर्मोन प्रयोग गरेर रोगको उपचार सम्भव भएको थियो।१९१४–१९२७ को बीचमा वैज्ञानिकहरूले थाइराइड हर्मोन (Thyroxine, T4) अलग गर्न र संरचना बुझ्न सफल भए।१९२७ मा Charles Harrington ले Thyroxine (T4) को रासायनिक संरचना (chemical structure) पहिचान गरे। त्यसपछि कृत्रिम (synthetic) रूपमा तयार गर्न सकिने भयो। Levothyroxine को इतिहास प्राचीनकालमा जनावरको थाइराइड खुवाउने उपचारदेखि सुरु भई, वैज्ञानिक खोजद्वारा कृत्रिम हर्मोन विकास हुँदै आजको सुरक्षित र प्रभावकारी औषधिसम्म आइपुगेको छ।
नेपालमा थाइरोक्सिन (Levothyroxine Sodium) का विभिन्न strength र फार्महरू उपलब्ध छन् l
Levothyroxine प्रयोग गर्ने सही तरिका-
खाली पेटमा खानुपर्छ :
बिहान उठ्नेबित्तिकै, खानपान गर्नुअघि कम्तीमा ३० मिनेटदेखि १ घण्टा अघि औषधि खानुहोस्। यसरी खाँदा शरीरमा राम्रोसँग अवशोषण (absorption) हुन्छ।
पानीसँग मात्र लिनुहोस्- औषधी साधारण पानीसँग मात्र खानुपर्छ। दूध, कफी, चिया, जुस वा अन्य पेय पदार्थसँग खाँदा असर कम हुन्छ।
नियमित एउटै समयमा खानुहोस -हरेक दिन उही समयमा औषधि लिनुहोस्।कहिल्यै छुटेमा, पछि सम्झँदा तुरुन्त लिन सकिन्छ (तर अर्को डोज नजिक भएको खण्डमा छुटेको डोज दोहो¥याउन हुँदैन)।
अरू औषधिसँग दुरी राख्नुहोस्- क्याल्सियम ट्याब्लेट, फलामको औषधि (iron), एन्टासिड आदिसँग कम्तीमा ४ घण्टाको अन्तर राख्नुहोस्। यी पदार्थहरूले Levothyroxine को असर घटाउँछन्।
खानपानमा ध्यान दिनुहोस्- सोयाबिन, तोरी, कफी, धेरै फाइबर भएका खाना आदि अत्यधिक सेवन गर्दा असर कम हुन सक्छ। तर सामान्य मात्रामा खानाले खासै समस्या हुँदैन।
डाक्टरले दिएको मात्रामा मात्र प्रयोग गर्नुहोस्-आफैं डोज घटाउने/बढाउने नगर्नुहोस्। TFT टेस्टको आधारमा मात्र मात्रा परिवर्तन हुन्छ।त्यसैले स्वास्थ्यकर्मीकाे सल्लाह बमाेजिम fallow- up जाने गराैंं ।
भण्डारण गर्ने सही तरिका-
ठण्डा,सुख्खा स्थानमा राख्ने काेठाकाे तापक्रम सामान्य (२०-२५ C) मा राख्नुुपर्छ्।
बिहान उठ्नेबेलामा सजिलै देखिने ठाउमा राख्दा बिर्सिने सम्भावना कम हुन्छ ।
प्रतक्ष्य घामकाे किरण ,धुप ,ताताे र चिस्यानवाट टाडा राख्ने ।
बच्चा र जनावरकाे पहुचभन्दा बाहिर राख्ने
असली प्याकेट वा बाेतलमै राख्ने औषधी झाेलामा वा अन्य डब्बामा सार्दा औषधीकाे असर सक्छ ।
म्याद सकिएकाे औषधी प्रयाेग नगर्ने ।
सावधानी(precaution )
औषधी नियमित एउटै समयमा खानु पर्छ ।
गर्भावस्था वा स्थनपानमा चिकित्सक वा स्वास्थ्यकर्मीकाे सल्लाह लिएर मात्र प्रयाेग गर्नुहाेस ।
कुनै असामान्य लक्षण (मुटुकाे चाल बढ्ने, ताैल अचानक घट्ने, निन्द्रा नलाग्ने भएमा तरून्त आफ्नाे स्वास्थ्यकर्मीसङ्ग भेटेर सल्लाहा लिनुहाेस । धन्यवाद !!!
(लेखक : नरेश पाण्डे, खैरहनी नगरपालिका अन्तरगत खैरहनी नगर अस्पतालकाे फार्मेसी अधिकृत हुन् ।)
Happy ( ०% )
Sad ( १००% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 14, 2026
August 06, 2026
August 06, 2026
August 03, 2026
July 31, 2026
July 30, 2026
July 23, 2026
July 21, 2026
July 21, 2026
July 16, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .