इ चितवन खबर
April 11, 2025
चितवन। युवा उद्यमी अभिषेक ठाकुरको नाम एउटा सफल व्यवसायीको रुपमा मात्रै सीमित छैन । उनले आफूलाई व्यवसायी सँगै समाजसेवामा समेत उभ्याउँदैछन् ।
युवा व्यवसायी अभिषेक व्यवसाय सँगै विभिन्न सामाजिक संघ/संस्थामा आबद्ध भएर सामाजिक काममा समेत सक्रिय हुँदै आएका छन् । भरतपुर-२, नारायणघाट स्थित बेलटाँडीका अभिषेक श्री भाष्कर इम्पेक्सका निर्देशक हुन् । वीरगञ्जमा मुख्य कार्यालय रहेको यस श्री भाष्कर इम्पेक्सको शाखा कार्यालय नारायणघाटको ओमशान्ति मार्गमा रहेको छ ।
इम्पेक्सले इलेक्ट्रोनिक्स सामान सँगै भाँडाबर्तन तथा प्लाष्टिकका सामानहरुको होलसेल बिक्री वितरण गर्दै आएको छ । अभिषेक निर्देशक रहेको श्री भाष्कर इम्पेक्सले मिथिला, मधु, एसपिएल, हककिङ, भ्याकुएयर ब्राण्डका उत्पादन तथा विभिन्न इलेक्ट्रोनिक्स ब्राण्डका उत्पादनहरुको होलसेल बिक्री गर्दै आएको छ ।
चितवन सहित नवलपरासी, धादिङ, काठमाडौँ, हेटौँडा, बुटवलसहित पूर्वका विभिन्न ठाउँमा सामान पुर्याउँदै आएको इम्पेक्सले आक्रमक रुपमा बजार विस्तार गरिरहेको छ । व्यवसायी अभिषेकको बिजनेस पोलिसीसँगै नम्र स्वभावका कारण उनीसँग व्यवसायिक सम्बन्ध बनाउनेहरु बढ्दै गएका हुन् ।
गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने उनको संस्थाले इलेक्ट्रोनिक्स, प्लाष्टिक तथा भाँडाकुडाका सम्पूर्ण सामग्रीहरु होलसेल मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । अभिषेक ठाकुर लायन्स क्लब अफ नारायणगढ प्रोप्रेशनलको सदस्य समेत छन् ।
Happy ( ६६.६७% )
Sad ( ०% )
Surprised ( ३३.३३% )
Excited ( ०% )
Angry ( ०% )
November 14, 2025
November 14, 2025
November 14, 2025
November 14, 2025
November 14, 2025
November 13, 2025
November 13, 2025
November 13, 2025
November 13, 2025
November 13, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .