विद्युतीय सामग्रीको व्यापार घट्यो

इ चितवन खबर

October 19, 2025

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ । 


लामिछाने भन्नुहुन्छ, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”पहिले पहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उहाँको भनाइ छ ।


विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताउनुभयो । नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताउनुभयो । “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ । अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष रु पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युत्को काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उहाँले भन्नुभयो । 


विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौँ, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उहाँले सुनाउनुभयो । दसैँअघि भएको जेनजी आन्दोलनको  प्रभाव व्यवासयमा परेको उहाँले बताउनुभयो । विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताउनुहुन्छ । उहाँको भनाइमा १० वर्षअघि विदेशबाट रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् ।


# चितवन खबर # अर्थ खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .