इ चितवन खबर
October 28, 2025
चितवन । गरिब तथा विपन्न परिवारलाई आयआर्जन तर्फ उन्मुख गराई जीवनयापनमा सहजता ल्याउने उद्देश्यका साथ इच्छाकामना -५ ,मुग्लिनका ५ परिवारलाई बाख्रा वितरण गरिएको छ । चितवनका युवा व्यवसायी तथा नेपाली कांग्रेस भरतपुर वडा नम्बर-७ का सभापति चर्चित युवा नेता बिनोद ढकालको विशेष पहलमा बाख्रा वितरण गरेको हो ।
युवा नेता बिनोद ढकालले वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै, युवा नेता ढकालले विपन्न परिवारलाई स्वरोजगार बनाउँदै व्यावसायिक प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयो । बाख्रा वितरण कार्यक्रममा दिपक चेपाङ, अन्जना चेपाङ, प्रधान चेपाङ, मन माँया कुमाल र जित बहादुर विकलाई बाख्रा पालनका लागि भन्दै माउ र पाठापाठी वितरण गरिएको हो । बाख्रा प्राप्त गरेपछि विपन्न परिवारहरु खुशी भएका छन् ।
बाख्रा बितरण कार्यक्रममा नेपाली काँग्रेस इच्छाकामना गाँउपालिकाका सभापति कृति कुमार श्रेष्ठ, बाग्मति प्रदेस सदस्य निर्मला पण्डित, पत्रकार नबराज ढकाल , साबित्री पुडासैनी लगायतको सहभागिता रहेकाे थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .