इ चितवन खबर
October 30, 2025
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
युएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए । त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ तथा करण केसीले १३ रन बनाए ।
युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए । जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।
यस हारसँगै १८ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । त्यस्तै यस जितसँगै युएई समान खेलबाट आठ अङ्कका साथ अन्तिम स्थानमा छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
December 02, 2025
December 01, 2025
November 28, 2025
November 28, 2025
April 01, 2026
April 01, 2026
April 01, 2026
April 01, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .