इ चितवन खबर
November 02, 2025
काठमाडौँ। जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।
आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन, सहसचिवमा डा सन्तोष बास्तोला, कोषाध्यक्षमा डा सञ्जयकुमार गुप्ता तथा सहकोषाध्यक्षमा डा आरती शाह चयन हुनुभएको छ ।
त्यस्तै, कार्यसमिति सदस्यमा डा ऐषणा जोशी, डा दयाराम लम्साल, डा दीपेन्द्र तिमिल्सिना र डा राजीवराज थपलिया हुनुहुन्छ ।
सरकारी तथा निजी अस्पताल एवं दुर्गम भेगमा रहेका स्वास्थ्य संस्थामा कार्यरत आकस्मिक तथा सामान्य चिकित्सा क्षेत्रमा कार्यरत ८०० भन्दाबढी चिकित्सक रहेको यस संस्था २०४६ सालमा स्थापना भएको हो । संस्थाको एकता, पेसागत उन्नति र आपत्कालीन स्वास्थ्य सेवामा योगदानका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष डा दवाडीले विश्वास पनि व्यक्त गर्नुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .