पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’

इ चितवन खबर

November 02, 2025

नवलपरासी।पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ । 

    
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो डाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९३६ मिटर उचाइमा पर्दछ । पर्यटकीय क्षेत्र देवचुलीडाँडाबाट सूर्योदयको मनमोहक दृश्य हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नवलपुरसहित चितवन आसपासका क्षेत्रबाट पदयात्रामा रुचि राख्नेहरूको अहिले देवचुलीडाँडा रोजाइमा पर्न थालेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो ।

    
उहाँका अनुसार अहिले दैनिक २०–३० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । डाँडाबाट बिहान सूर्योदयको सुन्दर दृश्य, उत्तरतर्फका हिमाल, नवलपुर, तनहुँ, पाल्पा र चितवनका भूभाग अवलोकन गर्न पाउँदा आनन्द महसुस गरेको कावासोतीका वसन्त अधिकारीले बताउनुभयो ।

    
“यहाँबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाले मन आनन्दित बनाउँछ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न सबै बाह्य पर्यटकको रोजाइमा पनि पर्ने थियो ।” देवचुली डाँडाबाट दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भूभाग सहजै अवलोकन गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । पूर्वाधार विस्तारसँगै पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न सकिने उहाँले धारणा राख्नुभयो ।

    
छोटो दूरीको पदयात्रामा रमाउनेका लागि देचवुलीडाँडा उपयुक्त गन्तव्य बन्न सक्ने कावासोतीका प्रवीन सापकोटाले बताउनुभयो । पहाडी पाखाको यात्रा, यात्रामा देखिने मनोरम दृश्यले आगन्तुकलाई आकर्षित गर्ने उहाँको भनाइ छ । एक  साँझ पोखरी क्षेत्रमा रहेको घरबास (होमस्टे)मा बास बसेर मगर समुदायको स्थानीय परिकार, संस्कृतिको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।  

    
पूर्व–पश्चिम राजमार्गको दलदलेबाट करिब २० किलोमिटर उत्तर लागेपछि पोखरी पुगिन्छ । त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पोखरी क्षेत्रमा खाने, बस्ने सुविधासहिका होटल सञ्चालनमा छन् । यहाँ घरबासको सुविधासमेत छ ।  कोही दलदलेबाट मुण्डे–कीर्तिपुरहुँदै देवचुलीडाँडा चढ्ने गर्दछन् । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीडाँडा पुग्न सकिन्छ । 

    
देवचुलीडाँडा जाने अधिकांश पोखरीहुँदै जाने देवचुली–६ का वडाध्यक्ष सोतीले बताउनुभयो । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले अधिकांशले यही मार्ग प्रयोग गर्ने उहाँको भनाइ छ । “यो मार्ग भएर जानेहरू अघिल्लो साँझ बोझा पोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहान पैदलयात्रामा निस्कने गर्दछन् । पदयात्राका क्रममा बीचमा केही होटलहरू पनि छन्”, उहाँले भन्नुभयो । 

    
देवचुली डाँडामा प्राकृतिक गुफा, तीन कन्यामाईको मन्दिर, भ्यू टावरलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष सोतीले जानकारी दिनुभयो । परापूर्वकालमा यहाँ पाँच पाण्डव गुप्तबास बसेका किंबदन्तीसमेत रहेको उहाँले बताउनुभयो । थारु समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । यहाँ पूजा गर्नाले आफ्नो कूलमा सुख, सम्वृद्धि प्राप्त हुने जनविश्वास थारु समुदायमा छ ।

पछिल्लो समयमा यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको वडाध्यक्ष सोतीले बताउनुभयो । अहिले विभिन्न ठाउँबाट यहाँ आउने आन्तरिक पर्यटक बढेका भन्दै दैनिक ३० जनासम्मले डाँडा चढ्ने गरेका उहाँले जानकारी दिनुभयो ।

    
देवचुलीडाँडा पदयात्राको गन्तव्य बन्दै जाँदा पोखरी, कुमसोत, कीर्तिपुर क्षेत्रमा चहलपहल बढेको उहाँले बताउनुभयो । यस क्षेत्रमा थप पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने योजनामा नगर र वडा कार्यालय रहेको उहाँले उल्लेख गर्नुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .