इ चितवन खबर
February 27, 2025
काठमाडौँ । पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन् ।
यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए ।
मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन् ।
आचार्यले जलनका कारण हुन सक्ने जोखिम तथा आवश्यक स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्नुपर्ने बताउदै सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 30, 2026
June 29, 2026
June 26, 2026
June 24, 2026
June 22, 2026
June 21, 2026
June 21, 2026
June 21, 2026
June 21, 2026
June 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .