मध्यबिन्दु एफ.एमको वार्षिकोत्सवमा स्टेशनरी बितरण

सदिक्षा गैरे

इ चितवन खबर

November 25, 2025

कावासोती। सामुदायिक रेडियो मध्यबिन्दु एफएम १०१ मेगाहर्जले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा कावासोती–१, बालुवाडाँडास्थित जलदेवी प्राथमिक विद्यालयका विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण गर्दै वार्षिकोत्सव मनाएको  छ।


सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्टेशनरी वितरण गर्दै रेडियोकी अध्यक्ष यमकला बस्यालले तडकभडक शैलीमा कार्यक्रम गर्नु भन्दा सामाजिक उत्तरदायित्वमा जोड दिएर बार्षिकोत्सव मनाउन आफूहरूले उचित ठानेको बताउनुभयो। उहाँले, भन्नू भयो ,“समुदायबाट उठेको रेडियोले समुदायकै हितमा केही गर्नुपर्छ भन्ने सोचका साथ यस वर्ष विद्यार्थीहरूको शैक्षिक सहयोगलाई प्राथमिकता दिएका छौ । " 


कार्यक्रमका प्रमुख अतिथि तथा रेडियोका पूर्व अध्यक्ष बालकृष्ण पौडेलले विद्यालयमै आएर रेडियोले गरेको सहयोगले विद्यार्थीमा उत्साह, प्रेरणा र आत्मबल बढाएको बताउनुभयो। उहाँले भन्नू भयो ,“सामुदायिक रेडियोले विद्यालयमा आएर गरेको यो सहयोग प्रशंसनीय छ। यस्तो कामले विद्यार्थी मात्र होइन, अभिभावक र शिक्षकहरूमा पनि सकारात्मक ऊर्जा जगाउँछ,” । सो अवसरमा निवर्तमान अध्यक्ष जगन्नाथ पराजुली, सल्लाहकारहरू महेन्द्र पोखरेल, बालकृष्ण घिमिरे, मिलन लामिछाने, कार्यसमिति सदस्य नरसिंह श्रेष्ठ, साथै रेडियोका कर्मचारी तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह पुलामी मगरले पनि रेडियोले टाढासम्म आएर विद्यार्थीका लागि उपयोगी सामग्री वितरण गरेकोप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो सहयोग विद्यालयका लागि प्रेरणादायी बनेको बताउनुभयो।कार्यक्रममा  प्रधानाध्यापक सुमित्रा भुसाल, शिक्षकहरु योजना सारु र भानुभक्त आचार्य लगायतले पनि रेडियोप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश बस्ताकोटीले  उपस्थित सबैलाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण महासचिव आशिष रेग्मीले गर्नुभएको थियो।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .