हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले आफ्नै भवन बनाउँदै

इ चितवन खबर

November 28, 2025

चितवन । मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो । 
 
 
हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा आज भवनको शिलन्यास गरिएको छ  । त्यस अवसरमा स्वामी ज्ञानानन्द सरस्वतीसँगै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरी, भरतपुर महानगरपालिकाका जनप्रतिनिधि एवं भूमि दाताहरूले संयुक्त रूपमा भवनको शिलन्यास गर्नुभएको हो ।
 
 
ज्ञानानन्द सरस्वतीले आदर्श गृह नेपालजस्ता संस्थाहरूले समाजलाई सही दिशामा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्दै भवन निर्माणको महान अभियानमा सहभागी भई पुण्यको कार्य गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो ।
 
 
संस्थाका अध्यक्ष मीना खरेलले संस्थाले विसं २०६६ देखि हिंसा प्रवाहित महिला तथा बालबालिकाहरुको, उत्थान, विकास, अधिकार र संरक्षणमा काम गर्दै आएको बताउनुभयो । हाल हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न अभियान, अल्पकालीन एवं दीर्घकालीन सेवा, पारिवारिक पुनर्मिलन परामर्श, तालिम, हस्तकलालगायत आयमूलक एवं सेवामूलक कार्य गर्दै आएको उहाँले बताउनुभयो । 
 
 
हालसम्म संस्थाले एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको, २३४ जना प्रभावितको जिल्ला र पुनरावेदनमा मुद्दा लडेको खरेलले जानकारी दिनुभयो । हाल संस्थामा तीन बालकसहित २९ जनाले आश्रय लिइरहेका छन् ।
 
 
भूमिदाता तथा सहयोगीबाट सङ्कलित रकमले संस्थाका लागि चार कट्ठा जमिन खरिद गरिएका छ । जसमध्ये एक कट्ठा संस्थापक अध्यक्ष खरेलले र बाँकी विभिन्न दाताहरूबाट सङ्कलित रकमबाट जग्गा खरिद गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले बताउनुभयो । 
 
 
संस्थाले धान्याञ्चल महायज्ञ गरेर आर्थिक सङ्कलन गरी एक वर्ष छ महिनाभित्रमा भवन सम्पन्न गर्ने लक्ष्य राखेको अधिकारीले बताउनुभयो । हिंसा प्रभावित महिला र बालबालिकाको आश्रयस्थल बनाउन लागिएकाले दाताहरूको सकारात्मक सहयोग हुने अपेक्षा गरिएको उहाँले सुनाउनुभयो । 
 
 
कार्यक्रममा भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, समाजसेवी उमाशङ्कर अग्रवाल, आदर्श नारी विकास केन्द्रका संस्थापक अध्यक्ष सीता सापकोटालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।   

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .