तेस्रो ग्रीनल्याण्ड पिबिएल मेला : ग्रीनल्यान्ड स्कुलमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

इ चितवन खबर

December 11, 2025

चितवन। भरतपुरको ग्रीनल्यान्ड पब्लिक स्कुलमा भरतपुर महानगरीय विज्ञान प्रदर्शनी र आँखा परीक्षण सम्पन्न भएको छ । स्कुलमा जारी पिबिएल मेला अन्तर्गत एकैसाथ दुई कार्यक्रम आयोजना भएको हो ।विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा नारायणी पब्लिक स्कुल प्रथम भएको छ । यस्तै, सृजना इङ्ग्लिस बोर्डिङ स्कुल दोस्रो तथा अर्किड स्कुल तेस्रो भएको कार्यक्रम संयोजक लीलबहादुर हमालले जानकारी दिए ।

 

उनीहरुलाई कार्यक्रमका प्रमुखअतिथि प्याब्सन बागमती प्रदेशका सल्लाहकार टीकाराम चापागाईं, स्कुलकी प्राचार्य इन्दिरा कार्की, सहप्राचार्य उपेन्द्र आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । प्रदर्शनीमा भरतपुर महानगरभित्रका १५ स्कुल सहभागी थिए ।

 

यस्तै, बुधबार अभिभावकहरुको निःशुल्क आँखा परीक्षण गरिएको थियो । स्कुलको आयोजना एवम् चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परीक्षण गरिएको हो । जसमा २०० जना अभिभावकले आँखा परीक्षण गराएको संयोजक एवम् स्कुलकी नर्स सुरुची कँडेलले जानकारी दिइन् । अस्पतालका आउटरिच कोअर्डिनेटर परशुराम रेग्मी र डा. प्रभात यादवको टोलीले उनीहरुको आँखा परीक्षण गरेको हो ।

 

साताव्यापी कार्यक्रमअन्तर्गत बिहीबार र शुक्रबार मिनी पिबिएल मेला हुनेछ । जसमा विद्यार्थीहरुले प्रस्तुति दिनेछन् । २९ गते विद्यार्थीहरुले आफूले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राख्ने तथा बिक्री गर्नेछन् । सो दिन विद्यार्थीहरुले उत्पादन गरेका धुपबत्ती, साबुन, विभिन्न परिकारका खाजालगायत बिक्री गर्नेछन् । अभिभावकहरु स्वयम् उपस्थित भएर आफ्ना बालबालिकाले उत्पादन गरेका बस्तुहरु हेर्न तथा खरिद गर्न सक्ने प्राचार्य कार्कीले बताइन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .