ग्रीनल्याण्ड पब्लिक स्कुलको पिबिएल मेला सम्पन्न

इ चितवन खबर

December 16, 2025

चितवन । भरतपुर-१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलमा तेस्रो परियोजनामा आधारित सिकाइ (PBL) मेला सम्पन्न भएको छ। एक सातासम्म सञ्चालन भएको मेला भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा समापन गरिएको हो। मेलाको मुख्य दिन विद्यार्थीहरूले आफूले तयार पारेका विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्री गरेका थिए। विद्यार्थीले निर्माण गरेका कलाकृति, सरसफाइ सामग्री तथा खाजाका विभिन्न परिकार अभिभावक, शिक्षक र पाहुनाहरूलाई बिक्री गरिएको थियो।

 

कक्षा ७ मा अध्ययनरत साहारा मल्ल र सदाम आलमको समूहले साबुन, फिनायल लगायतका सामग्री उत्पादन गरेका थिए।विद्यालयमा आयोजना हुने यस्ता कार्यक्रमले व्यवहारिक सिप सिक्न सहयोग पुगेको उनीहरूले बताए। यसैगरी कक्षा ५ की छात्रा अपेक्षा दाहाल र उनको समूहले विभिन्न बिरुवाहरू उत्पादन गरी बिक्री गरेका थिए। केही दिनको मेहनतपछि उत्पादन गरिएका बिरुवाको राम्रो माग भएको दाहालले बताइन्। कार्यक्रमप्रति प्रतिक्रिया दिँदै अभिभावक शोभा ढुंगानाले परियोजनामा आधारित शिक्षा विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको बताइन्। यसले किताबी ज्ञानसँगै दैनिक जीवनमा आवश्यक व्यवहारिक सिप विकास गर्न सहयोग गर्ने उनको भनाइ थियो।

 

विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले शिक्षालाई जीवनसँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताइन्। पिबिएल मेलाले विद्यार्थीलाई सानै उमेरदेखि उद्यमशीलता र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उनले उल्लेख गरिन्। सह–प्राचार्य उपेन्द्र आचार्यले अध्ययनसँगै विद्यार्थीको रुचि र प्रतिभा उजागर गर्न पिबिएल मेला कोशेढुङ्गा सावित भएको बताए। समापन समारोहका अवसरमा विद्यालयले लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मानसमेत गरेको थियो।

 

विद्यालयको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त मेलाअन्तर्गत यसअघि महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा समुदाय लक्षित स्वास्थ्य परीक्षण कार्यक्रमसमेत सम्पन्न भएका थिए। सोही अवसरमा विद्यालयले अभिभावक दिवस पनि मनाएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .