इ चितवन खबर
December 18, 2025
चितवन । भरतपुर महानगरपालिका–७, चितवनस्थित मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा खुला रक्तदान कार्यक्रम हुने भएको छ। समाजमा बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रम पौष ५ गते शनिबार बिहान ७:०० बजे भरतपुर–७ स्थित क्यान्सर अस्पतालको १ नं. गेट अगाडि सञ्चालन हुनेछ। रक्तदान कार्यक्रमको संयोजन कृष्ण प्रसाद ढकालले गर्नु भएको छ।
आयोजक संस्थाले इच्छुक नागरिकलाई कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउने अभियानमा सहयोग गर्न अनुरोध गरेको छ। रक्तदानले कसैको जीवन बचाउन सकिने भएकाले सबैको सक्रिय सहभागिताले कार्यक्रम सफल हुने विश्वास लिइएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 01, 2026
May 01, 2026
May 01, 2026
May 01, 2026
April 30, 2026
April 30, 2026
April 29, 2026
April 29, 2026
April 29, 2026
April 28, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .