इ चितवन खबर
January 09, 2026
चितवन। नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले भरतपुरमा साधवी इन्टरनेशनल प्रा.लिको सहकार्यमा नयाँ विलासी स्पोट्र्स युटिलिटी भेहिकल ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै धेरै सुविधा भएको गाडीका रुपमा प्रस्तुत गर्दै यसले आधुनिक डिजाइन, आरामदायी सुविधा र प्रविधिमैत्री विशेषता समेटिएको जनाएको छ ।
गाडीको बिक्री शुभारम्भ गर्दै साधवी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले भिक्टोरिसमा स्ट्रङ हाइब्रिड इन्जिन, स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्प उपलब्ध भएको बताए । यसमा म्यानुअल र अटोमेटिक दुवै प्रकारका गियर प्रणाली राखिएको भन्दै जोशीले सुरक्षाका दृष्टिले लेभल–२ चालक सहयोग प्रणाली, छ वटा एयरब्याग, ३६० डिग्री दृश्य दिने क्यामेरा, टायर प्रेसर निगरानी प्रणाली लगायतका सुविधा समावेश भएको बताए । अत्याधुनिक सुविधाहरु समावेश भएकै कारण यो गाडीले विश्वस्तरीय पाँच तारे सुरक्षा मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ ।
ग्राहकलाई विलासी अनुभव दिलाउन भिक्टोरिसमा प्रिमियम ध्वनि प्रणाली, ठूलो टचस्क्रिन डिस्प्ले, डिजिटल क्लस्टर, वातानुकूलन नियन्त्रण, हावाको शुद्धता कायम राख्ने फिल्टर, स्मार्ट टेलगेट, भेन्टिलेटेड सिट, वायरलेस चार्जर लगायतका सुविधा राखिएका जोशीको भनाइ छ । त्यस्तै प्यानोरामिक सनरुफ, आकर्षक रङ विकल्प र आधुनिक भित्री सजावटले यसलाई अझ आकर्षक बनाएको उनले बताए । पावरट्रेनमा स्ट्रङ हाइब्रिड इन्जिनले उत्कृष्ट माइलेज दिने सुविधा रहेको भन्दै जोशीले ‘अलग्रिप सेलेक्ट’ प्रणालीले कठिन बाटोमा पनि सहज यात्रा गर्न सहयोग पु¥याउने दाबी गरे ।
कम्पनीले भिक्टोरिसलाई नेपाली बजारमा ५० लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध गराएको छ । पहिलो ५० ग्राहकलाई गाडी एक्सचेन्जमा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिने योजना पनि ल्याइएको जोशीले बताए । यस भिक्टोरिस सिरिजको कारले आधुनिक नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने कम्पनीको विश्वास रहेको जोशीले बताए ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गाडीको बिक्री शुभारम्भ गर्दै शुभकामना दिएका थिए भने अमित कौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 24, 2026
June 24, 2026
June 24, 2026
June 24, 2026
June 21, 2026
June 19, 2026
June 18, 2026
June 17, 2026
June 16, 2026
June 15, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .