इ चितवन खबर
January 11, 2026
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गर्नुभएको छ ।
उहाँले आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएकोसमेत स्मरण गर्नुभएको छ ।
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 01, 2026
September 30, 2026
September 26, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .