कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव

इ चितवन खबर

January 12, 2026

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ । 

    
पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिनको विशेष महाविधेशनको बन्दसत्रमा आज प्रस्तुत सो प्रस्तावमा थापाले विशेष केन्द्रीय महाधिवेशनबाट सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट मार्गदर्शन, व्यवस्थापनमा अब्बल पार्टी निर्माण गर्ने उल्लेख गर्नुभएको छ । 

    
“कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२/६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको पार्टी बनाउनेछौँ”, महामन्त्री थापाद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ । 

    
महामन्त्री थापाले पार्टीको नेतृत्वमा ऐतिहासिक संविधासभामार्फत बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्मलाई गम्भीरतापूर्वक आत्मसात गर्दै संविधानको समयानुकूल उदार र प्रगतिशील परिवर्तन आजको आवश्यकता भएको बताउनुभयो । उहाँले संविधानको गतिशील कार्यान्वयनबाट मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउनु र समुन्ततितर्फ डोहो¥याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गर्नुभयो । 

    
“आज देशको राजनीतिक गतिप्रति जनतालाई आशा र विश्वासको उत्साहजनक सन्देश प्रवाह गर्दै समुन्नत नेपाल निर्माणको अग्रणी शक्ति बनाउने घडी आएको छ”, प्रस्तावमा थापाले भन्नुभएको छ, “यही ऐतिहासिक राष्ट्रिय दायित्वको सङ्कल्पसहित यो विशेष परिस्थितिमा विशेष महाविधशेन आयोजना गरिएको हो ।”

    
राजनीतिक प्रस्तावमा महामन्त्री थापाले जेनजी प्रदर्शनपछिको अवस्थामा विशेष महाधिवशेनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र नेपाली कांग्रेसलगायत समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाविधेशनको नीतिगत सङ्कल्प समेट्नुभएको छ । 

    
महामन्त्री थापाले देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको विशेष महाधिवेशनले पार्टीलाई राजनीतिक शक्तिका रूपमा मात्रै सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसङ्कल्पित समुन्नत नेपालको नेतृत्वदायी र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने बताउनुभएको छ । 

    
राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आमकांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रुपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न १७ बुँदे विशेष सङ्कल्प समेटिएको छ । 

    
प्रस्तावमा भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानुन निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउने सङ्कल्प  गरिएको छ । 

    
प्रस्तावमा भनिएको छ, “निषेधको राजनीति नगर्न, संयमता अपनाउन तथा संवादमार्फत निकास खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै भयरहित निर्वाचनको पक्षमा आफ्नो दृढता प्रकट  गर्दछ ।” विगतको कमजोरी र त्रुटीबाट पाठ सिकेर आगामी दिनमा राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै प्रस्तावमा जनभावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ सङ्कल्प गरिएको छ । 

    
योग्यता, क्षमतामार्फत नयाँ ऊर्जा र प्राण भर्दै ‘निरन्तरतामा नवीनता’को मान्यताअनुरुप कांग्रेसलाई आजको समयको चेतअनुसारको अब्बल, गतिशील र आधुनिक सङ्गठन बनाउने सङ्कल्प गरिएको छ । पार्टीका सिद्धान्त, विचार र नीतिलाई जनताको भावनाअनुसार अद्यावधिक, परिमार्जन, व्याख्या तथा पुनःव्याख्या गरी सैद्धान्तिक–वैचारिक रुपान्तरण गर्न आवश्यक भएको प्रस्तावमा उल्लेख छ । 

    
विसं २०८० फागुनमा गोदावारीमा सम्पन्न महासमिति बैठकबाट पारित ‘निर्वाचन अगाडिको गठबन्धन’सम्बन्धी नीतिको स्मरण गर्दै प्रस्तावमा भविष्यमा हुने आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन (प्रि–इलेक्सन एलाइन्स) नगरिने प्रतिबद्धता जनाइएको छ । “हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्नेछौँ, आफ्ना मतदातालाई चुनाव चिह्न ‘रुख’ मा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ”, प्रस्तावमा भनिएको छ । 

    
प्रस्तावमा भ्रष्टाचारको आरोप लागेका नेता र सदस्यलाई आरोप लागेको मितिदेखि पदबाट स्वतः निलम्बन, कुनै पनि खालको भागबण्डामा भाग नलिने, राज्यका संस्थालाई दलीयकरणबाट मुक्त गर्ने, संसद्लाई केबल सरकार बनाउने सङ्ख्याको रूपमा मात्र नभइ नीति निर्माता र निगरानीकर्ताका रूपमा सबल, प्रभावकारी र सशक्त बनाइने सङ्कल्प लिइएको छ । 

    
निर्वाचन खर्चलाई पारदर्शी बनाउन प्राप्त मतभारका आधारमा राजनीतिक दललाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने, दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन कायम गर्ने व्यवस्था लागू गरिने, ‘नो भोट’को कानुनी सुश्चितता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिनेछ । 

    
महामन्त्री थापाको प्रस्तावमा देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री)को दुई कार्यकाल मात्रै हुने, राज्य संयन्त्रको गैरदलीयकरण र संस्थागत सुधार, प्रियतावादको चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा, राष्ट्रहित तथा राष्ट्रिय स्वार्थलाई सर्वोच्च प्राथमिकता दिइनेलगायत सङ्कल्प गरिएको छ । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .