इ चितवन खबर
February 28, 2025
चितवन। चितवन देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । चितवनमा पर्यटकलाई आकर्षण गर्ने दर्जनौं पर्यटकीय स्थलहरु छन् । पर्यटन प्रवर्द्धनका लागि यहाँ धेरै रिसोर्ट तथा रेष्टुराँहरू पनि खुलेका छन् । ति रिसोर्ट तथा रेष्टुराँहरूले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् । यही मध्येको एक हो लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट । भरतपुर महानगरपालिका ६ देवनगर र भरतपुर महानगरपालिका १३ चम्पानगरस्थित रहेको लेक ट्वान्टी चितवनको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ ।
चौबिसकोठीबाट दक्षिणतर्फ करिब १० किलोमिटर भित्र रहेको उक्त रिसोर्ट पर्यटकीय स्थल बिसहजारी तालको नामबाट नामाकरण गरिएको हो । बिश्व प्रसिद्ध सिमसार क्षेत्रमा रहेको बिसहजारी ताल नजिकै रमणीय ठाउँमा भएका कारण पनि उक्त रिसोर्ट पर्यटकको केन्द्र बनेको हो ।
२२ विघा क्षेत्रफलमा फैलिएको रिसोर्टको १२ विघामा भौतिक संरचना निर्माण गरिएको छ । १० विघामा फार्म सञ्चालन गरिएको छ । रिसोर्टले आफ्नै फर्ममा उत्पादित अर्गानिक परिकारहरु आफ्ना पाहुनालाई पस्कने गरेको छ । फर्ममा रिसोर्टलाई चाहिने धान, गहुँ, मकै, फलफुल, तरकारीलगायतका खाद्यबस्तुहरु उत्पादन हुन्छन् । यस्तै माछापालन, बाख्रा, कुखुरा, हाँसपालन पनि गरिएको छ । रिसोर्टमा आवश्यक ८० प्रतिशत खाद्य वस्तु आफ्नै कृषि फर्ममा उत्पादन हुने सञ्चालक देवेन लोहनी बताउँछन् ।
रिसोर्टमा संघ संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारिवारिक जमघट तथा सांगितिक कार्यक्रमहरु हुने गर्दछन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ । समूहमा आउने पर्यटकहरुको मनोरञ्जनका लागि विभिन्न समुदायका धर्म र सँस्कृति अनुसारका कार्यक्रम हुने लोहनी बताउँछन् ।
रिसोर्टमा पाँचवटा पोखरी र चरा चुरुङ्गीका लागि अनुकुल वातावरण छ । विभिन्न प्रजातिका चराचुरुङ्गीको सुरिलो आवाजमा प्राकृतिक आनन्द लिन सकिने लोहनी बताउँछन् । परम्परागत मुल्य र मान्यता झल्किने वस्तुहरुले रिसोर्टलाई झनै सुनमा सुगन्ध थप्ने काम गरेको छ । अहिले लोप हुँदै गएको परम्परागत ढिकी, जाँतो, माना, पाथि, काठका ठेकी, आरीलगायतका बस्तुको अवलोकनले जो–कोहीलाई आकर्षित गर्दछ ।
रिसोर्टमा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल तथा योगा र ध्यानका लागि ८० जना सम्मको क्षमताको छुट्टै योगा हल रहेको छ । उक्त रिसोर्टमा आन्तरिक र बाह्य पर्यटकको आवागमन पनि बढ्दै गएको सञ्चालक लोहनी सुनाउँछन् ।
रमणिय, शान्त र पारिवार वातावरणका कारण नै फोटो खिच्नकै लागि पनि धेरै पर्यटकहरु आउने गरेको उनी बताउँछन् । पर्यटकको आवागमन बढेको छ, उनी भन्छन्, प्राकृतिक, रमणिय र शान्त वातावरणमा रहेको फोटोग्राफीको लागि मात्रै भएपनि आन्तरिक पर्यटकहरु आकर्षण बढेको छ ।’
लोहनीले नौ वर्ष अघि हवेलीस्थित आफ्नै निवासमा लेक ट्वेन्टी थाउजेन्ड रिट्रीट निर्माण गरेका थिए । लोहनीका बाबु डा.शिव लोहनी कृषि विषेशज्ञ हुन् । उनी अमेरीकामा कृषि वैज्ञानिक थिए । देवेनले भारतबाट एग्रीकल्चर र अमेरीकाबाट मार्केटिङमा स्नातकोत्तर गरेका छन् । बाबु कृषि विज्ञ भएका कारण लोहनीले कृषि फार्म खोल्ने सोच बनाए । रिसोर्टमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ४५ जना युवाहरुले रोजगारी पाएका छन् । लोहनीले चितवनलाई पर्यटकीय र कृर्षि क्षेत्रमा चिनाउन रिसोर्टले महत्त्वपूर्ण भूमिका खेलिरहेको दाबी गर्छन् ।
स्विमिङ पुल
लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटमा स्विमिङ पुल निर्माण गरिएको छ । पाँच कठ्ठा क्षेत्रफलमा ओलम्पिक मापदण्ड अनुसार स्विमिङ पुल निर्माण गरएको हो ।
पुलको लम्बाई २५ मिटर, चौडाई १८ मिटर र गहिराई ३ देखि ५ फुटसम्म छ । त्यस्तै स-सना बालबालिकाहरुका लागि २ देखि ३ फुटको वेवी पुल र लेजी पुल छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 26, 2026
July 26, 2026
July 24, 2026
July 24, 2026
July 23, 2026
July 23, 2026
July 22, 2026
July 22, 2026
July 22, 2026
July 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .