इ चितवन खबर
March 01, 2025
चितवन । चितवनमा पहिलो पटक घर बनाउने मेला हुने भएको छ । निर्माण व्यवसायीहरूको समूह भी ग्रुप, निर्माण व्यवसायी एसवन होम्सको आयोजना तथा उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आउँदो बैशाख २५ गतेदेखि २७ गते सम्म नारायणगढमा हुन लागेको हो ।
घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षा सम्बन्धी विषयमा जानकारी गराउने उद्देश्य सहित घर बनाउने मेला आयोजना गर्न लागिएको भी ग्रुपका अध्यक्ष विपिन कँडेलले जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्र विन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पुर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गर्न लागेका हौँ ।’ कँडेलले भन्नुभयो । घर तथा भवन निर्माण गर्दा चाहिने सामाग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबिच पनि भेट गराइने कँडेलले बताउनु भयो । उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी , विज्ञ, उपभोक्ता बीच परामर्श, अभिमुखीकरण, अन्तरक्रिया लगायतका कार्यक्रम हुनेछन । ‘हामीले उपभोक्तालाई घर तथा भवन बनाउन के कस्ता निकायहरुसंँग समन्वय र स्वीकृति लिनुपर्छ र कम लागतमा अधिकतम गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उद्देश्य पनि हो ।’ उहाँले भन्नुभयो ।
घर जग्गा कारोबार तथा निर्माण तथा निर्माण सामाग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छाता मुनी सबै प्रकारका सेवा तथा जानकारी उद्देश्यले मेला आयोजना गर्न लागिएको एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । ‘यो मेलाले व्यवसायी र सेवाग्राही बीच प्रत्यक्ष भेटघाट गराउँछ ’ , न्यौपानेले भन्नुभयो ।’
उद्योग वाणिज्य संघ चितवनको परिसरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री , लगायतका गरी २५ वटा स्टल रहनेछन् । तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने न्यौपानेको भनाई छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर , उपभोक्ता , सर्वसाधारण, विद्यार्थीहरूलाई फाइदा पुग्ने उहाँले बताउनु भयो । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
September 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .