स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छ : एमाले अध्यक्ष ओली

इ चितवन खबर

February 24, 2026

झापा। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभएको छ ।


पार्टी निकट नेसनल ‘भोलेन्टियर फोर्स’ कोशी प्रदेश कमिटी घोषणा सभालाई दमकमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन बिथोल्न खोजिएकाले सरकारले निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न  लाग्नुपर्नेमा जोड दिनुभयो । 


एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले एमालेले अब देशको समृद्ध र विकासका लागि नेतृत्व गर्नुपर्ने विचार राख्नुभयो । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका ओलीले भन्नुभयो, “एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ, अब देश बनाउन एमालेले अगुवाइ गर्छ ।” सरकारकै सुरक्षा अङ्गलाई सघाउन पार्टीले भोलेन्टियर फोर्स बनाएको उल्लेख गर्दै उहाँले चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि यो फोर्स गठन गरिएको बताउनुभयो । 


“राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो”, उहाँले भन्नुभयो ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

कांग्रेस महाधिवेशन तयारी समितिमा दीपक अधिकारीलाई चितवनको सह–संयोजकको जिम्मेवारी

September 26, 2026

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री सोबिता गौतम

September 24, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .