इ चितवन खबर
February 27, 2026
दमौली। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने दिन फागुन २१ गते हो । अब देशलाई अगाडि बढाउनुपर्नेछ, त्यसको नेतृत्व हामी गर्छौँ ।” सभापति लामिछानेले स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति रहेको बताउँदै स्वर्णिमविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाउनुभयो । सभापति लामिछानेले सहिदको सपना पूरा गर्नुपर्ने भएकाले रास्वपालाई बहुमत दिन आग्रह गर्नुभयो ।
सो सभामा तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले, क्षेत्र नं २ का उम्मेदवार श्रीराम न्यौपानेलगायत सहभागी थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 01, 2026
July 30, 2026
July 29, 2026
July 29, 2026
July 20, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
July 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .