इ चितवन खबर
March 02, 2025
काठमाडौं। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ‘नो केवलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताउँदै गृहमन्त्रीले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको उल्लेख गरे ।
गृह मन्त्रालयले आइतबार केवलकार विरोधी समूहलाई वार्ताका लागि पत्र पठाउने भनिएको थियो । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद आचार्यले यस्तो जानकारी दिए पनि अहिलेसम्म पत्र पठाइएको छैन । बरु गृहमन्त्रीले संसदबाटै वार्तामा आह्वान गरे ।
गृहमन्त्री लेखकले पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताए । ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।
निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेसनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० माघ २ गते भएको उनले बताए । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
September 30, 2026
September 26, 2026
September 24, 2026
September 18, 2026
September 15, 2026
September 14, 2026
September 11, 2026
September 10, 2026
September 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .