इ चितवन खबर
April 15, 2026
हाल नेपाल देशमा भ्रष्टाचारको सुगन्ध, दुर्गन्ध प्राय जग्गा जमिनबाट उत्पन्न भैरहेछ । सरकारी जग्गाहरु निजीकरण गर्ने, कृषि योग्य जमिनहरु टुक्र्याउँदै र प्लटिङ गर्दै जाने, वनजंगलहरु अदृष्य रुपमा हडप्दै बसाई सर्दै जाने, खोला÷नदी किनारका जग्गाहरु हडप्दै जाने र सुकुम्बासीको नाममा हुकुम्बासीले बस्ती बसाल्दै जाने आदि ।
विगत केही वर्षदेखि कृषि योग्य जमिनहरु वर्वाद, नष्ट र अनउत्पादक बनाइदै छ । यस्तो विकास बहुदल आएपछि शुरु भएको र संघीयता पछि मुलुकको कृषि अरु ध्वस्त हुँदै गएको कसैबाट छिपेको छैन । संघीयता पछि नेपाल सरकारले सबै ७५० पालिकाहरुलाई जग्गाको वर्गीकरण (कृषि, आवास, उद्योग र बजार) गरी पठाउन पटक–पटक पत्राचार ग¥यो तर हालसम्म २००–२५० पालिकाले मात्र जबर्जस्ती वर्गीकरण गरी पठाएको बुझिन्छ ।
यो लेखकको समूह पनि कृषि÷भेटेरिनरी अध्ययन सकेका युवाहरुलाई देशभित्र रोजगारी उपलब्ध गराउन केही पालिकामा गएको तर कृषिको लागि एक इन्च जमिन पनि उपलब्ध गराउन नसकिने पालिकाहरुले जवाफ दिएको तितो सत्य नेपाल देशले सुन्नु पर्छ र बुझ्नु पनि पर्छ कि किन कृषि पेशा ध्वस्त भैरहेछ । अधिराज्यका मालपोत कार्यालयहरु राजश्व संकलनको केन्द्र बनेका छन् कि आ.व. २०८१/८२ मा मालपोतबाट २८ अरब राजश्व उठ्यो तर उक्त रकमको लोभमा राज्यले कति क्षति व्यहोर्नु परिरहेको छ कहिँकतै यसको बहस हुन जरुरी छैन ? ३०–४० वर्ष पहिलेसम्म खाद्यन्नमा आत्मनिर्भर भै निर्यात समेत गरेको नेपाल देशले हाल ८५–९०% खाद्यान्न बाहिर निर्भर हुनु परिरहेछ र यसको मुख्य कारणहरु के के हुन् सोच्न ढिला भैसकेन ? कारणहरु निम्न अनुसार छन् ।
(क) अधिकांश जग्गा बाँझो हुनु
(१) राज्यको दुरदर्शी सोच नभएको हाम्रो देश खाद्यान्न, फलफूल, तरकारी र पशु पालनमा विश्वमा अग्रणी छ तर हर क्षेत्रले यसको वातावरण बनाउनु पर्छ । विगतमा राम्रो खाद्यान्न उत्पादन भएका क्षेत्रहरु विशेष गरेर पहाडमा हाल वनजंगन, खरघारी र झाडीले ढाकेको छ र यसमा कसरी समस्या समाधान गर्न स्थानीय निकायका पालिकाहरु पटक्कै अग्रसर नभएको महशुस भैरहेछ । सबै क्षेत्रहरुमा बाँदर आतंक छ । ती क्षेत्रहरुमा दिउँसै हिँड्न पनि एक पल्ट सोच्न पर्छ जबकि ती खाद्यान्न उत्पादक क्षेत्र हुन् । त्यहाँको माटो उर्वरा छ साथै विगतमा त्यहाँ घैया धान, मास, मकै, तरकारीहरु र रुखे घाँसहरुको उत्पादन प्रशस्त हुन्थ्यो । प्रत्येक घरमा गाई, भैंसी, बाख्रा लगायतका पशुहरुबाट आवश्यक मात्रामा मलको व्यवस्था हुन्थ्यो । कृषि लगायत सबै क्षेत्रको विकासको पूर्वाधार नै यातायात हो र सबै क्षेत्रमा विकासको नाममा कच्ची सडकहरु मात्र छन् । हिउँदमा बनाइन्छन् र वर्षामा बढारिन्छन् जसले गर्दा भुस्कलन भै जमिनमा ठूलो क्षति भैरहेछ ।
(२) शिक्षा, स्वास्थ्य र व्यवसायहरु केन्द्रिकृत भएको कारणले
राज्यको सोच ती क्षेत्रमा शिक्षा, स्वास्थ्य कसरी व्यवहारिक रुपमा लैजाने पटक्कै भएन । शिक्षा र स्वास्थ्य २०४८ सालपछि निजीकरण भै व्यापारीको हातमा राजनैतिक चलखेल भयो जसले गर्दा शिक्षा र स्वास्थ्य सुविधा सम्पन्न ठाउँमा मात्र स्थापित भए । शिक्षा र स्वास्थ्यको खोजीमा युवाहरु भड्किएर त्यहाँबाट पलायन हुन थाले । कोही विदेश पलायन त कोही शहरी एरियामा केन्द्रित भए ।
व्यवसाय सञ्चालन गर्न मुख्य त राज्यले बाटो देखाउने र ध्यान दिन जरुरी छ । शिक्षा मन्त्रालय अन्तर्गत खोलिएको भक्तपुर गट्ठाघरमा अवस्थित सिटिईभिटी ९ऋत्भ्ख्त्० आफै रोगी र भ्रष्ट छ उसले नयाँ कलेजहरु खोल्न दिंदा गरिने भ्रष्टाचार प्राय सबैलाई थाहा छ । अब आउँदो दिनहरुमा सिटिईभिटीले साँच्चै देश विकास गर्ने उद्देश्यले अगाडि बढ्छ त ?
(३) पालिकाहरुमा जग्गाको वर्गीकरण नहुनु र हुन नसक्नु सुन्दा पनि लाज लाग्न पर्ने हो । नेपाल देशका पालिकाहरु राज्यको आदेशलाई पालन गर्दैनन् यसै कारण पालिकाहरुले केन्द्रलाई टेर्दैनन् किन कि अधिराज्यभर कृषि योग्य जमिनहरु नै खण्डीकरण भै प्लटिङ भै रहेका छन् । सुख्खा अनउत्पादक जमिनहरु भूमाफियाहरुले हेर्दैनन् कारण त्यस्ता जमिनमा प्लटिङ गर्दा फाइदा हुन्न । हाल आएर यसरी प्लटिङ गरेका जग्गा जमिन २०–५० हजार रोपनीका जग्गा २०–५० लाख प्रति आना पु¥याइयो जहाँ कृषि पेशा गर्न प्रायः असम्भव भैसकेको छ । त्यसरी पैसाको लोभमा प्लटिङ गरिएका जग्गाहरु सबै बिक्ने कुरै भएन । सम्बन्धित मालपोत र नापी कार्यालयको सिफारिसमा प्रायः खेतीयोग्य जमिनमा कित्ताकाट गरी प्लटिङ भैरहेका छन् । आजकल त्यस्ता प्लटिङ भैरहेका जमिनहरु बिक्री नभै झाडी पलाई बाँझै छन् । यस्ता जमिनहरुमा अब उप्रान्त कृषिको सम्भावना छैन बरु ती कंक्रिटीकरण भै मरुभूमिकरण हुने सम्भावना रहन्छ । यसरी सम्पूर्ण कृषि योग्य जमिनहरु अनुत्पादक हुने सम्भावना रहेकाले बेलैमा राष्ट्रियकरण गरियो भने निम्न फाइदाहरुको सम्भावना रहन्छ ।
(क) हाल नेपाल देशको प्रायः सबै जग्गा जमिन ३०% मानिसहरुको जिम्मामा छ जबकि यति धेरै जग्गा जमिनका मालिकहरु आफूखुशी ती जमिनहरु बिक्री वितरण देशको आवश्यकताभन्दा मालपोत, नापी र अरु भूमाफियाको तजबिजमा गरिहेका छन् । यदि सबै जग्गा जमिन राष्ट्रियकरण हुने हो भने तत्काल जग्गाको वर्गीकरण गरी अधिकांश विदेशीयका जनशक्ति फिर्ता गर्न सकिने र ५ वर्षभित्रमा कृषिमा आत्मनिर्भर हुन सक्ने । विश्वका प्रायः सबै विकसित देशहरुमा सबै जग्गा जमिन राज्यको नाममा हुन्छ र व्यक्ति जनताको चाहना, खुबी, देशको आवश्यकताको आधारमा जग्गा लिजमा दिइन्छ । ती जमिनहरु भुमाफियाको हातमा हुन्न बरु तजबिज मिलाएर कृषि, उद्योग, आवास र बजारीकरण हुन्छ ।
(ख) जनतामा गरीब र धनी वर्गको वर्गीकरण छिटै कम हुने र सबै जनताले प्रतिस्पर्धा बराबर रुपमा गर्न सक्ने । राष्ट्रियकरण भएपछि सुकुम्बासी र हुकुम्बासीको खाडल कम हुँदै ५ वर्ष भित्रमा पूरा खाडल भरिन सक्छ । कृषिमा आत्मनिर्भर शुरु भएपछि राज्यले नेपाल र भारतको खुला सिमाना कसरी समन्वय गर्ने र नेपाललाई भारतवर्षको प्रान्त क्षेत्र होइन अलग देश हो भन्ने कुरा विश्वको सामुन्ने चिन्हाउन सक्छ । भारतमा उत्पादन हुने खाद्यान्न धेरै सस्तो छ र हामीले पनि त्यो तरिका अपनाई सिमा बन्द गर्दै जाने र समुन्द्रसम्म जान पाउने भूपरीवेष्टिक हाम्रो जस्तो देशले पाउने सुविधा संयुक्त राष्ट्र संघ मार्फत लिने ।
(ग) जमिनको उचित मूल्यांकन र वर्गीकरण गरी कृषि, आवास, उद्योग र व्यापारिक क्षेत्र छुट्याउन राज्यलाई सजिलो हुने छ । व्यवसायिक हिसाबले ती क्षेत्रहरुलाई सम्बन्धित व्यक्ति, समूह र संस्थालाई लिजमा दिई राज्यलाई प्रशस्त आम्दानी हुन सक्छ साथै जस्तोसुकै व्यवसाय गर्न पनि जनतालाई अप्ठ्यारो हुने छैन । हाल कृषि योग्य जमिन प्रायः सबै भूमाफियाको हातमा छ । राज्यका केही मन्त्री, व्यक्ति र निकायले भूमाफियाबाट सुटकेश, अदृश्य लाभ र भनसुनको आधारमा केही शक्तिशाली माफियालाई लाइसेन्स ९ीष्अभलकभ० दिने गरेका छन् र यो अत्यन्त दुर्भाग्य मान्नु पर्छ साथै यो तितो सत्य पनि हो ।
(घ) राज्यको पुनसंरचना गर्न सजिलो
सडक विस्तार सिंचाईको व्यवस्थापन, जंगल आदिको विस्तारमा सहज हुने । राष्ट्रिय सडकहरु, दुतमार्ग र भित्री सडकहरुमा पनि अवरोध आइरहेका छन् र सरकारको असक्षमताको परिणाम राम्रो निर्माण हुन सकिरहेको छैन । विगत पंचायत कालमा खोलिएका उद्योगहरु २०४६ सालपछि आएका पार्टी र भातृ संगठनहरुले ध्वस्त पारे र हाल ती उद्योगहरुको नामोनिसान छैन । सक्षम सरकार आएमा ती सबै उद्योग पुनः संरचना हुन सम्भव छ जसरी उदाहरण कृषि औजार कारखाना वीरगंज जहाँ डा. महावीर पुन जस्ता कर्मठ वैज्ञानिक उपस्थित हुनु हुन्छ र उहाँ सांसद पनि बन्दै हुनु हुन्छ ।
(ङ) जग्गाको दोहन रोकिई भूसंरक्षण, बाढी पहिरो, झाडी जंगल आदि राम्रोसँग व्यवस्थापन गर्न सक्ने
हाल नेपालमा सरकारी र निजी जमिनहरु राम्ररी दोहन भैरहेका छन् । बाढी पहिरोले जग्गा जमिनहरु क्षत विक्षत भैरहेका छन् र प्रत्येक जिल्लामा स्थापना भएका भूसंरक्षण कार्यालयहरु नाम मात्रका छन् । हराभरा गाउँहरु जंगलीकरण र बाँदरीकरण भैरहेका छन् र यिनीहरुलाई बनाउन कहीँ कसैले पनि अगाडि बढ्दैन । यदि सरकारीकरण भएमा यसको जिम्मेवारी सबै जनता (सुकुम्बासी, हुकुम्बासी र मध्यमवर्ग) को समेत हुन्छ तर देशमा अनुशासन, कर्तव्यपरायण र दण्डहिनता राम्ररी पालन हुनुपर्छ । यसरी देश प्रेम, राष्ट्र प्रेम, देशको माया सबै जनताले ग्रहण गर्नु पर्छ । देशभरको जग्गा जमिनको राष्ट्रियकरण÷सरकारीकरण नगरी यो केही पनि संभावना छैन । सरकारीकरण नभएमा केही मुठ्ठीभर जनता माफियाको रुपमा सम्पन्न हुनेछन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .