नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन

इ चितवन खबर

May 22, 2026

नवलपुर । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । 

    
समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मनपरि खनिएको पाइएको बताउनुभयो । नदीमा अनुमतिभन्दा गहिरो खाल्डो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिइएको भन्दा अन्यत्र स्थानमा पनि उत्खनन भएको पाइएको उहाँको भनाइ छ । उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियमविपरीत हुन नहुने बताउनुभयो । 

    
“हामीले यसअघि पनि अनुगमन गरेका थियौँ, नियमपूर्वक उत्खनन भएको नदेखिएपछि हामीले नियमसङ्गत पार्न विभिन्न सुझाव दिएका थियौँ”, प्रमुख विश्वकर्माले भन्नुभयो, “तर, एक हप्तासम्म पनि सन्तोषजनकरुपमा सुधार भएको पाइएन ।” 

    
नदीमा चार स्काभेटर प्रयोग गर्नुपर्ने भए पनि त्यो भन्दा बढी प्रयोग भएको पाइएको भन्दै प्रमुख विश्वकर्माले नदीबाट ढुवानी भएका नदीजन्य सामग्रीको यथार्थ विवरण र चलानी विजक नियमित हुनुपर्ने बताउनुभयो । नदीमा दैनिक नौ वटासम्म स्काभेटर र २०० बढी ट्रिपर प्रयोग गरी उत्खनन गर्दा आवश्यकताभन्दा बढी नदीजन्य पदार्थ निकालिएकाले तत्काल नापजाँच गर्नुपर्ने उहाँले बताउनुभयो । 

    
“नदीजन्य पदार्थ उत्खनन गर्दा नियमविपरीत हुनुहुन्न भन्ने विषयमा हामी संवेदनशील छौँ”, प्रमुख विश्वकर्माले भन्नुभयो, “यो विषयमा हामीले यस अगाडि गरेको अनुगमनमा धेरै कुराहरु अध्ययन गर्दै उत्खननको लेभलिङ हुनुपर्ने (समान गहिराइमा खनिनुपर्ने), उत्खनन गर्ने क्षेत्र स्पष्ट हुनुपर्ने कुरा, चलानी क्रमअनुसार हुनुपर्छ भन्ने कुरा, उत्खनन हुने क्षेत्रमा नगरप्रहरी तथा नेपाल प्रहरी हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।” 

    
अनुगमनका क्रममा चाहिनेभन्दा बढी टिपर देखेपछि प्रश्न गर्दा ठेकेदार पक्षले अन्यत्र खोला नखुल्दा यहाँ टिपर ल्याइएको प्रतिक्रिया दिएका प्रमुख विश्वकर्माको भनाइ छ । आवश्यक पर्नेभन्दा बढी टिपर प्रयोग नगर्न र त्यसको यथार्थ विवरण अनुगमन समितिमा जानकारी दिन निर्देशन दिइएको उहाँले बताउनुभयो । 

    
नदीबाट ढुङ्गा, गिट्टी, बालुवा ढुवानीका क्रममा पनि राजमार्गमा पानी चुहाउँदै ढुवानी भएको, बाटोमा धुलो उडाउँदै ढुवानी भएको स्थानीयले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले उत्खननपछि टिपरको पानी नचुहिने गरी ढुवानी गर्न तथा टिपरलाई त्रिपालले छोपेर ढुवानी गर्न निर्देशन दिनुभयो । 

    
“ढुवानीलाई व्यवस्थित गर्ने काम नगरपालिकाको हो, आवश्यक परेमा हामीले सुरक्षा प्रबन्ध मिलाइदिन्छौँ”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ ढुवानी गर्ने क्रममा सिसी क्यामेराबाट निगरानी गर्न सकिन्छ ।”  

    
नारायणीमा बाँध बाँधेर तथा नदीको धार परिवर्तन गरेर उत्खनन भइरहेको विषयमा आफूहरुलाई जानकारी नभएको प्रजिअ पाण्डेले बताउनुभयो । नारायणीको भङ्गालोमा ह्युम पाइप राखेर सडक निर्माण गरी भइरहेको ढुवानीको विषयमा भने उहाँले उत्खनन भएको ठाउँबाट मुख्य सडकसम्म नदीजन्य पदार्थ लैजान पहुँचमार्ग आवश्यक हुने भएर यसको विरोध गर्न नहुने बताउनुभयो । 

    
“खोला नै थुनेको विषयमा हामी त्यति जानकार छैनौँ । तर, नदीमा बाढी आउँदा उत्खननमा राखिएका उपकरण बगाउनसक्ने भएकाले केही बाँध बाँधिएको जानकारीमा आएको छ”, उहाँले भन्नुभयो, “उत्खनन सकिएपछि त्यो बाँध भत्काउन लगाउँछौँ ।” 

    
नगरपालिकाले गत माघमा सूचना निकालेर ठेक्का प्रकृया अगाडि बढाएको थियो । पालिकाले लगाएको ई–बिडिङ (अनलाइन ठेक्का)अनुसार चार संस्थाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का हालेका थिए । ठेक्का हालेकामध्ये पहिलो र दोस्रो संस्थाले ठेक्का सकार नगरेपछि तेस्रो बढी रकम कबोल गर्ने संस्था जिम्माल बिल्डर्सले नदीजन्य पदार्थ उत्खनन ठेक्का हात पारेको थियो । 

    
पालिकाले ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि करिब रु चार करोडमा जिम्माल बिल्डर्सलाई ठेक्का दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । चलानी बिजकअनुसार नदीबाट ४९ हजार ८०० घनमिटर नदीजन्य पदार्थ उत्खनन भएको भन्दै लामगादेले अब बाँकी २९ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननमा चार किल्ला तोकिएको सबै क्षेत्र उत्खनन गर्न आवश्यक नरहेको जिम्माल बिल्डर्सले जनाएको छ । नदीजन्य पदार्थ उत्खनन र ढुवानीमा सम्झौताभन्दा बढी उपकरण प्रयोग गरिएमा कारबाही गरिने अधिकृत लामगादेले बताउनुभयो । जिम्माल बिल्डर्सले गत वैशाख १२ गतेदेखि नदीजन्य पदार्थ निकाल्ने अनुमति पाएको हो । 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

November 15, 2026

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

November 15, 2026

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

November 14, 2026

नवलपुरमा २०४ उद्योग थपिए

November 11, 2026

भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे

November 11, 2026

कांग्रेस सभापति थापा : नेपाल संवत् ११४७ का उपलक्ष्यमा शुभकामना सन्देश

November 10, 2026

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

November 10, 2026

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

November 10, 2026

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

November 10, 2026

एनपिएल : आज जनकपुर र सुदूरपश्चिम भिड्दै

November 10, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .