इ चितवन खबर
February 24, 2025
काठमाडौँ । चौधरी ग्रुप (सीजी) र सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक (एमडी) वरुण चौधरीले खजुराहो विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका छन् । उनलाई विशेष रूपमा स्वागत गर्ने जिम्मेवारी बागेश्वरधाम सरकारका गुरुजी धिरेन्द्र कृष्ण शास्त्रीले दिएका थिए।
वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका छन् ।
बागेश्वरधाम सरकार, मध्य प्रदेशको छतरपुर जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो, जहाँ धिरेन्द्र कृष्ण शास्त्री आफ्नो आध्यात्मिक प्रवचन र चमत्कारीक क्षमताका लागि लोकप्रिय छन्।
गत बर्ष बागेश्वरधाम सरकारलाई नेपाल ल्याएर हनुमन्त कथा वाचन गराएपछि युवाहरूले चौधरीलाई हिन्दु हृदयसम्राटको उपाधि दिएर प्रशंसा गर्ने गरेका छन् ।
चौधरीले सामाजिक सञ्जाल ईन्साटाग्रममा मोदीको उपस्थितिलाई ‘अटल समर्पण र दूरदर्शी नेतृत्व’ को प्रतीक भन्दै प्रशंसा गरेका छन्। उनले लेखेका छन्, “मोदीजिको उपस्थितिले प्रेरणादायी नेतृत्वको प्रतिविम्ब देखाउँछ।”
त्यस्तै, उनले बागेश्वरधाममा प्रस्तावित क्यान्सर अस्पताल तथा अनुसन्धान संस्थानको पहललाई ‘उत्कृष्ट र मानवताका लागि आशा दिने परियोजना’ को रूपमा सराहना गरेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
September 30, 2026
September 26, 2026
September 24, 2026
September 18, 2026
September 15, 2026
September 14, 2026
September 11, 2026
September 10, 2026
September 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .