इ चितवन खबर
June 26, 2026
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल सम्बोधन गर्दै उहाँले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो । उहाँले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताउनुभयो ।
पार्टीले सातवटै प्रर्देशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 01, 2026
July 30, 2026
July 29, 2026
July 29, 2026
July 20, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
July 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .