इ चितवन खबर
June 29, 2026
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ ।
पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा.स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आउनुभएको छ । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । यस अघिका केन्द्रीय सदस्य राजन गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा रहेकाले कार्यव्यस्तताका कारण उहाँले उम्मेदवारी दिनुभएन ।
पौडेलले समग्र केन्द्रीय समितिमा जिल्लाका धेरै नेताहरूको प्रतिनिधित्व भएको बताउनुभयो । उहाँले तीन वटै क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारी हुनु जिल्लाका लागि गर्वको विषय भएको बताउनुभयो । अब मनोनित हुने ५१ जनाभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको उहाँले बताउनुभयो ।
हालै चितवनको भरतपुरमा सम्पन्न हाधिवेशनमा देशभरबाट झण्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरू सहभागी भएका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 26, 2026
September 24, 2026
September 18, 2026
September 15, 2026
September 14, 2026
September 11, 2026
September 10, 2026
September 09, 2026
September 08, 2026
September 08, 2026
September 28, 2026
September 28, 2026
September 26, 2026
September 26, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .