बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

इ चितवन खबर

July 04, 2026

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा  बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
 
 
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकासहित मुलुकका एक सय स्थानमा बर्डफ्लु फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुनेगरी काम/गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ ।
 
 
त्यस्तै पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।
 
 
“बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो । कहिलेकाही सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यसको सङ्क्रमण सर्न सक्छ । तर व्यक्ति-व्यक्तिबीच सजिलै यो रोग सर्दैन”, डा अधिकारीले भन्नुभयो ।
 
 
कसरी सर्छ मानिसमा ?
 
सङ्क्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिसा, सिगानसँंग सम्पर्क हुँदा, सङ्क्रमित पन्छी राख्ने स्थान सफा गर्दा र मरेको पन्छीको मासु खाँदा बर्डफ्लु मानिसमा सर्ने डा अधिकारीले जानकारी दिनुभयो । 
 
 
ज्वरो आउनु, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, शरीर तथा मासपंशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने वा पखाला लाग्नेजस्ता लक्षण देखिने गर्दछन् । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

धानको बीउमा मरुवा रोगको समस्या

July 04, 2026

‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’

July 04, 2026

विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन

July 04, 2026

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

July 04, 2026

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

July 03, 2026

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

July 03, 2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

July 03, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .