‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’

इ चितवन खबर

July 04, 2026

चितवन। कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताउनुभएको छ । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताउनुभएको हो ।
 
 
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।” उहाँले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिनुभयो ।
 
 
प्रा डा बस्नेतले भन्नुभयो, “ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ”, तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उहाँले सुझाव दिनुभयो ।
 
 
बर्डफ्लुका विज्ञसमेत रहनुभएका प्रा डा बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने जनाउँदै भन्नुभयो, “बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।” बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उहाँको भनाइ छ । 
 
 
सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा डा बस्नेतले सुझाव दिनुभयो । “नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ”, उहाँले भन्नुभयो ।
 
 
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताउनुभयो । चितवनसहित छिमेकी २२ जिल्लाबाट यहाँ नमूना परीक्षणका लागि आउने जनाउँदै उहाँले जिल्लामा पछिल्लो समय गत जेठमा सङ्क्रमण देखिएको बताउनुभयो ।
 
 
त्यसअघि चैतमा एउटा फार्ममा सङ्क्रमण देखिएको भन्दै डा श्रेष्ठले किसानलाई सजग भएर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “फार्ममा काम गर्दा सुरक्षित भएर काम गर्नुपर्छ । कामदारले पञ्जा, बुट, एप्रोन, माक्सजस्ता सुरक्षाका उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।”
 
 
डा श्रेष्ठले जैविक सुरक्षामा ध्यान दिन सकेमा सङ्क्रमणबाट बच्न सकिने सुझाव दिनुभयो । किसानका फार्ममा कुखुरा मार्ने समस्या देखिएमा वा शङ्कास्पद देखिएमा तत्काल परीक्षण गर्न र रोग पुष्टि भएमा सो फार्मका अण्डा, कुखुरा र दाना बाहिर नलैजान उहाँले आग्रह गर्नुभयो ।
 
 
मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उहाँले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताउनुभयो । मानिसबाट मानिसमा यो रोग नसर्ने भन्दै उहाँले भन्नुभयो, “पकाएर मासु र अण्डा खाँदा कुनै समस्या छैन ।”
 
 
भाइरस बाहिरबाट फार्ममा भित्रिने भन्दै डा श्रेष्ठले खोरमा आफैँ भाइरस उत्पादन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो भाइरस बाहिरबाट आउने हो । चराचुरुङ्गी, गाडी, दाना, पानीको माध्यमबाट खोरमा भित्रिन सक्छ ।” चराचुरुङ्गीमार्फत सङ्क्रमण आउन सक्ने भन्दै उहाँले खोर वरिपरिका रुख काट्न पनि सुझाव दिनुभयो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुबाट नष्ट गर्ने पोल्ट्रीजन्य सा


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

धानको बीउमा मरुवा रोगको समस्या

July 04, 2026

विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन

July 04, 2026

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

July 04, 2026

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

July 04, 2026

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

July 03, 2026

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

July 03, 2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

July 03, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .