इ चितवन खबर
July 08, 2026
चितवन। भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ ।
बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो । स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिनुभयो ।
संस्थाले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा बिमामार्फत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ । गत आर्थिक वर्षमा रु चार लाख ४१ हजार पटक बिमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा दिएको छ ।
अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ जिल्लाभन्दा बढी स्थानबाट बिरामी बिमामार्फत सेवा लिन आउने गर्छन् ।
प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिमाका बिरामीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा सूची घटाउने गरी काम गरिरहेको बताउनुहुन्छ । भिडियो एक्सरेको एक हप्ताको सूची घटाएर प्रतीक्षा गर्न नपर्ने बनाइएको छ । सिटी मेसिनमा समस्या आएपछि मर्मत नभएसम्मका लागि निजी अस्पतालसँग सहकार्य गरेर बिमाको दररेटमा सेवा दिइएको उहाँले बताउनुभयो ।
अनलाइनमार्फत टिकट काट्ने व्यवस्था पनि मिलाइएको छ । दैनिक झण्डै २०० हाराहारीले अनलाईनमार्फत टिकट काट्न थालेका छन् । यो सङ्ख्या ४०० हाराहारी पुग्ने अनुमान छ । अस्पतालले आठ वटाबाट नगद काउन्टर बढाएर १० पुयाएको छ ।
बगालेले भन्नुभयो, “अस्पतालमा आउने बिरामी प्रतीक्षा सूचीमा बस्न नपरोस् भनेर काम गरिरहेका छौँ ।” बोर्डले पछिल्लो समय जारी गरेको औषधि र सेवा शुल्क कतिपयमा खरिदभन्दा निकै कम हुँदासमेत सेवा दिइरहेको उहाँले बताउनुभयो ।
बिमाको नयाँ शुल्कसँगै बहिरङ्ग सेवामा रु २५ हजारसम्मको सेवा लिँदा पहिलेको तुलनामा मूल्य घटेपछि अहिले निकै बढी औषधि र सेवा लिने अवसर बिरामीले पाएका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 08, 2026
May 27, 2026
March 31, 2026
February 24, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .