इ चितवन खबर
September 01, 2026
चितवन । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन, लाइन्स क्लब अफ चितवन एक्सपर्ट युथ र शहीद गणेश स्वास्थ्य चौकी गीतानगरको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका–६, गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
भरतपुर–६ गीतानगरस्थित शहीद गणेश स्वास्थ्य चौकीको परिसरमा आयोजना गरिएको उक्त शिविरमा उल्लेखनीय सहभागिता रहेको थियो। आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आर्थिक तथा अन्य कारणले नियमित रूपमा आँखा परीक्षण गराउन नसक्ने नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
लायन्स क्लब अफ चितवन एक्सपर्ट युथकी अध्यक्ष लायन संगिता पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पी.एम.जे. एफ. प्रभाकर पण्डित प्रमुख अतिथि रहनु भएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठ, सेकेन्ड भी.डी.जी. लायन कमल प्रसाद श्रेष्ठ र क्याबिनेट सेक्रेटरी पूर्ण प्रसाद शर्मा विशिष्ट अतिथि रहनु भएको थियो ।
शिविरमा ३०० जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। भरतपुर आँखा अस्पताल सँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा सहभागीहरूको आँखाको अवस्था परीक्षण गर्नुका साथै आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा स्वास्थ्यसम्बन्धी सुझाव समेत प्रदान गरिएको थियो।
पछिल्लो समय आँखासम्बन्धी समस्या बढ्दै गएको अवस्थामा नियमित आँखा परीक्षणको महत्वसमेत शिविरका माध्यमबाट जानकारी गराइएको थियो। विशेषगरी उमेर बढ्दै जाँदा देखिने दृष्टिसम्बन्धी समस्या, आँखाको कमजोरी लगायतका समस्याको समयमै पहिचान गर्न नियमित परीक्षण आवश्यक हुने भएकाले स्थानीयस्तरमा आयोजना हुने यस्ता शिविर प्रभावकारी हुने आयोजकहरूको भनाइ छ। उक्त शिविर कार्यक्रमको संयोजक राजेश शर्मा आचार्यले गर्नु भएको थियो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 17, 2026
October 17, 2026
October 16, 2026
October 16, 2026
October 15, 2026
October 15, 2026
October 15, 2026
October 14, 2026
October 14, 2026
October 14, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .