भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

इ चितवन खबर

September 04, 2026

काठमाडौँ। भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो ।
 

उहाँहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
 

यस्तै त्रिशूली–३ ‘बी’मा सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ । सो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ । अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित ३ ‘ए’सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ ।


लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेलापारेको छ । सो क्षेत्रमा खोज तथा उद्धार जारी छ ।


चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’ को समेत प्रयोग गरी खोजी गरिरहेको छ । टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ ।


देवीघाटमा पुल जडान हुँदै

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना टोली खटिइ बेस निर्माण गरिरहेको छ । सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ ।


प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन् ।


यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

September 04, 2026

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

September 03, 2026

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

September 02, 2026

भोटेकोशी बाढी : एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन

September 01, 2026

प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन

September 01, 2026

भोटेकोशी बाढीपीडितका लागि मन्टेश्वरी एसोसिएसन चितवनद्वारा सहयोग

September 01, 2026

भरतपुर–६ गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ३०० जनाले गराए आँखा परीक्षण

September 01, 2026

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

September 01, 2026

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

August 31, 2026

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .