भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति ओम शान्ति एकेडेमीको श्रद्धाञ्जली

इ चितवन खबर

September 07, 2026

चितवन । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले भदौ १० गतेको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्मानस्वरूप घटनाको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

 

यसै राष्ट्रिय शोकमा भरतपुर–१०, कटहरचोकस्थित ओम शान्ति एकेडेमीले भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपत्तिका कारण जनधन गुमाएका, विस्थापित भएका, घाइते तथा मानसिक पीडाबाट गुज्रन बाध्य सबैको सहज जीवनयापनका लागि सहकार्य गर्न देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आह्वान गर्नु भएको छ।

 

प्राचार्य श्रेष्ठले प्राकृतिक विपत्तिको यस गम्भीर घडीमा पीडितहरूको साथमा उभिनु सबैको साझा दायित्व रहेको बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि हातेमालो गर्न आग्रह गर्नुभएको छ। ओम शान्ति एकेडेमी परिवारले विपत्तिमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभ र सामान्य जीवनमा फर्किन सक्ने वातावरण निर्माण होस् भन्ने कामना गरेको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

September 07, 2026

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

September 07, 2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

September 07, 2026

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

September 06, 2026

भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

September 06, 2026

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

September 04, 2026

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

September 04, 2026

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

September 03, 2026

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

September 02, 2026

भोटेकोशी बाढी : एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन

September 01, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .