इ चितवन खबर
September 08, 2026
ललितपुर । नेपाली कांग्रेसले विपद्का समयमा सुरक्षा निकायबाट भएको प्रयास सराहनीय रहेको भन्दै उच्च प्रशंसा गरेको छ ।
सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुरक्षा निकाय लगायतबाट भएको प्रयासको उच्च सम्मान प्रकट गरेको छ । यस्तै मित्रराष्ट्र तथा राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्था र व्यक्तिले नेपालको विपद्मा देखाएको सद्भाव, सहयोग र मानवीयतालाई आभार प्रकट गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
विपद्को दुःखद् घडीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, निजी क्षेत्रले देखाएको सक्रियता, सहयोग र मानवीय संवेदनशीलतालाई कांग्रेसले प्रशंसा गरेको छ ।
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड प्रदान गरिसकेको छ । यस्तै, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता चालिसेले बताउनुभयो ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो पार्टीले खोज तथा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको प्रवक्ता चालिसेको भनाइ छ ।
नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जलविद्युत् क्षेत्रका विज्ञ तथा अन्तरराष्ट्रिय विशेषज्ञको समन्वयमा विशेष प्राविधिक उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।
बाढी र पहिरोबाट अवरुद्ध सडक तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्दै कांग्रेसले पीडितसमक्ष तत्काल राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।
बैठकले बाढीपछिको खोज, उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य, शिक्षा, सामाजिक–आर्थिक अवस्था, राष्ट्रिय सुरक्षा र जलवायु न्यायलगायत विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन तयार गर्न प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 08, 2026
September 08, 2026
August 26, 2026
August 01, 2026
July 30, 2026
July 29, 2026
July 29, 2026
July 20, 2026
July 10, 2026
July 10, 2026
September 08, 2026
September 08, 2026
September 08, 2026
September 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .