दुई दिने निःशुल्क सिसी टि.भी क्यामेरा मर्मत तथा फिटिङ तालिम सम्पन्न

इ चितवन खबर

September 08, 2026

चितवन । चितवन विद्युतीय प्राविधिक संघको आयोजनामा भरतपुरमा दुई दिने निःशुल्क सिसी टि.भी क्यामेरा मर्मत तथा फिटिङ तालिम सम्पन्न भएको छ। ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ तथा ‘एकता, सीप र सहकार्य प्राविधिकको पहिचान’ भन्ने उद्देश्य सहित आयोजना गरिएको तालिममा ३५ जना सदस्य तथा प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रममा चितवन विद्युतीय प्राविधिक संघका अध्यक्ष जयबहादुर पहारीको सभापतित्वमा भएको थियो। कार्यक्रममा तालिम संयोजक तुलसीराम निउरे , प्रशिक्षक दुर्गाप्रसाद भन्तना, सल्लाहकार हरिबाबु तिवारी, उपाध्यक्ष परशुराम पौडेल, सचिव दिनेशप्रसाद उपाध्याय, कोषाध्यक्ष दोष थापा लगायत संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा सहभागीहरूलाई सिसी टि.भी क्यामेराको मर्मत, फिटिङ तथा प्राविधिक ज्ञान सम्बन्धी सैद्धान्तिक सँगै व्यावहारिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो। प्राविधिक सीप अभिवृद्धि गर्दै सहभागीहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रभावकारी भएको संघले जनाएको छ।

 

तालिमलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम सञ्चालक राजकुमार न्यौपाने, प्रशिक्षक तथा तालिम संयोजकप्रति संघले विशेष धन्यवाद व्यक्त गरेको छ। सहभागी सदस्यहरूको उत्साहजनक सहभागिता, सिक्ने चाहना र सक्रियताका कारण तालिम सौहार्दपूर्ण तथा सिकाइमुखी वातावरणमा  सम्पन्न भएको संघले जनाएको छ।

 

चितवन विद्युतीय प्राविधिक संघले प्राविधिकहरूको हकहित, सीप विकास र आत्मनिर्भरताका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( १००% )

Angry ( ०% )

Comments

You May Like

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

September 09, 2026

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै

September 09, 2026

जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन

September 08, 2026

विपद्का समयमा सुरक्षा निकायलगायतबाट भएको प्रयास सराहनीय छ : नेपाली कांग्रेस

September 08, 2026

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

September 08, 2026

आज जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

September 08, 2026

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

September 08, 2026

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

September 07, 2026

भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति ओम शान्ति एकेडेमीको श्रद्धाञ्जली

September 07, 2026

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

September 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .