जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन

इ चितवन खबर

September 08, 2026

L चितवन। जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रथम वार्षिकीको अवसर पारेर नेपाल नेत्र सहायक परिवार, भरतपुर आँखा अस्पताल इकाइले आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

 

नेपाल नेत्र सहायक परिवार, भरतपुर आँखा अस्पताल इकाइका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्र सहायक परिवार केन्द्रीय कार्यालय काठमाडौंका अध्यक्ष रमेश घिमिरेको प्रमुख आतिथ्यता तथा भरतपुर आँखा अस्पताल, चितवनका प्रमुख मेडिकल निर्देशक डा. पुष्पा गिरी श्रेष्ठको आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको योगदान र बलिदानको स्मरण गर्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।कार्यक्रममा नेपाल नेत्र सहायक परिवार, भरतपुर आँखा अस्पताल इकाइका उपाध्यक्ष बिनिता सापकोटा, सचिव भागिराम चौधरी, कोषाध्यक्ष आयुष पौडेल लगायत पदाधिकारी तथा सदस्यहरूका साथै भरतपुर आँखा अस्पतालका कर्मचारीहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रमको संयोजन कोषाध्यक्ष आयुष पौडेलले गर्नुभएको थियो। पौडेलका अनुसार जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको सम्झना तथा सम्मानस्वरूप दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको योगदान र बलिदानलाई सधैँ सम्मानका साथ स्मरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

September 09, 2026

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै

September 09, 2026

दुई दिने निःशुल्क सिसी टि.भी क्यामेरा मर्मत तथा फिटिङ तालिम सम्पन्न

September 08, 2026

विपद्का समयमा सुरक्षा निकायलगायतबाट भएको प्रयास सराहनीय छ : नेपाली कांग्रेस

September 08, 2026

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

September 08, 2026

आज जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

September 08, 2026

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

September 08, 2026

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

September 07, 2026

भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति ओम शान्ति एकेडेमीको श्रद्धाञ्जली

September 07, 2026

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

September 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .