छोरीको जन्मदिनमा बालिका आश्रममा भोजन गराउँदै मनाइन् युवा उद्यमी कल्पना गुरुङले

इ चितवन खबर

September 10, 2026

चितवन । युवा उद्यमी कल्पना गुरुङले आफ्नी छोरी कृतिको जन्मदिनको अवसरमा देवघाटस्थित श्रीरामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई भोजन गराएर जन्मदिन मनाएकी छन् ।


लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्रीरामजानकी बालिका आश्रममा रहेका बालिकाहरूलाई भोजन गराउँदै उनले छोरी कृतिको जन्मदिन मनाएकी हुन् । अध्ययनको सिलसिलामा छोरी कृति हाल अस्ट्रेलियामा रहेकी छन् ।


जन्मदिनको अवसरमा धेरै पैसा खर्च गरेर मनोरञ्जन गर्नु भन्दा बालबालिका तथा वृद्धवृद्धाको सेवामा सहभागी हुन पाउँदा निकै खुसी लागेको युवा उद्यमी गुरुङले बताइन् ।


कार्यक्रममा परिवारसहित बुबा जोनी लामा, लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’, श्रीरामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्) का अध्यक्ष सावित्री टण्डन, महासचिव रामेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।


युवा उद्यमी कल्पना गुरुङ लुलु लेडिज ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छन् । उनले लुलु लेडिज ब्यूटी पार्लरलाई विभिन्न स्थानमा विस्तार गर्दै हाल सातौँ शाखासम्म पुर्‍याउन सफल भएकी छन् ।


सामाजिक सेवासँगै व्यवसायमा समेत सक्रिय गुरुङले छोरीको जन्मदिनलाई सेवामूलक कार्यसँग जोडेर मनाएकोमा आश्रम परिवारले धन्यवाद व्यक्त गरेको छ ।


# चितवन खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .