इ चितवन खबर
September 10, 2026
चितवन। रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) ले २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) ले बाढीपीडितको राहत तथा उद्धारका लागि संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संकलित रकम दाखिला गरिएको भरपाई भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) का अध्यक्ष कप्तान विष्णुबहादुर गुरुङ, उपाध्यक्ष हनेरी सुबेदार मेजर फूलबहादुर घले र कोषाध्यक्ष हनेरी सुबेदार मेजर मोहनबहादुर आलेले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गर्नुभयो।विपद्को समयमा बाढी प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले गरिएको यस सहयोगले भूतपूर्व सैनिक २/८ गोरखा राइफल्सको सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाभावलाई उजागर गरेको छ।
भरपाई बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देश दुःख र विपद्मा रहेका बेला भूतपूर्व सैनिकहरू सदैव राष्ट्रको रक्षा, सेवा तथा सहयोगका लागि अग्रसर हुँदै आएको बताउनुभयो। उहाँले बाढीपीडितका लागि भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) ले गरेको सहयोगको प्रशंसा गर्दै विपद्को घडीमा देखाएको सेवाभाव गौरव गर्न लायक रहेको बताउनुभयो।
कार्यक्रममा भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) की महिला समितिकी अध्यक्ष सुकुमाया थापा, उपाध्यक्ष राममती गुरुङ, सचिव कमला बलामी थापा लगायतको उपस्थिति रहेको थियो। भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) मा हाल ११४ जना सदस्य रहेका छन्। भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार) ले सामाजिक तथा मानवीय सेवाका विभिन्न गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 11, 2026
September 10, 2026
September 10, 2026
September 09, 2026
September 09, 2026
September 08, 2026
September 08, 2026
September 08, 2026
September 08, 2026
September 08, 2026
September 11, 2026
September 10, 2026
September 10, 2026
September 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .