कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

इ चितवन खबर

September 12, 2026

चितवन। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ ।
 
 
यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो ।
 
 
उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
 
 
उहाँले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । उहाँले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौताअनुसार नगरपालिकाबाट स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी सेवा सकेसम्म नगरपालिकाबाटै उपलब्ध गराउने हाम्रो लक्ष्य हो । मालपोत र नापीसम्बन्धी सेवा नगरपालिकाबाटै भइरहेको छ । प्यान नम्बर र श्रम स्वीकृतिसम्बन्धी सेवा अगाडि बढाइएको छ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेलगायत सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारीमा छौँ ।”
 
 
यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौताअनुसार हाल स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा मात्र सुरु गरिएको बताउनुभयो । जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो भएको उहाँले जानकारी दिनुभयो ।
 
 
उहाँका अनुसार यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका स्मार्ट कार्ड चालक अनुमतिपत्र नगरपालिकामार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ । यसबाट स्मार्ट कार्ड लिन भरतपुर आउनुपर्ने सेवाग्राहीलाई सहज हुने उहाँले बताउनुभयो ।
 
 
यातायात व्यवस्था कार्यालयबाट हाल नयाँ चालक अनुमतिपत्र तथा वर्ग थपका लागि लिइने ट्रायलसम्बन्धी काम स्थगित रहेको उहाँले जानकारी दिनुभयो । चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न आवश्यक प्रक्रिया अनलाइनबाट गर्न सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो । चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न अनलाइनमार्फत फाराम भर्न र शुल्क भुक्तानी गर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा नागरिक एपमा रहेको क्यूआर स्क्यान गरी फाराम भर्न सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .