इ चितवन खबर
September 18, 2026
चितवन। रसुवाको भोटेकोशी नदीमा भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल युवा रेडक्रस सर्कल ओमशान्ति एकेडेमी भरतपुर-१०, चितवनले रु. १ लाख १ हजार ४६० रकम सहयोग गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको आह्वान अनुसार विद्यालयका विद्यार्थीहरूबाट संकलन गरिएको उक्त रकम विद्यालयका प्रिन्सिपल तथा ने.यु.रे.स.का संरक्षक टेकबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। उक्त रकम नेपाल रेडक्रस सोसाइटीको स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत पठाइने विद्यालयले जनाएको छ।
यसअघि पनि विद्यालयले आफ्ना सम्पूर्ण कर्मचारीहरूले प्रदान गरेको एक दिन बराबरको तलब तथा विद्यालयको तर्फबाट थप गरिएको राहत रकम गरी कुल रु. २ लाख ६५ हजार ५७५ प्याब्सन चितवन मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको थियो।
यसैबीच, विद्यालयमा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा बाढी तथा प्राकृतिक विपद्मा परी दिवंगत भएका महानुभावहरूको चिरशान्तिको कामना गर्दै शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम समेत गरिएको थियो। कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 18, 2026
September 17, 2026
September 17, 2026
September 17, 2026
September 15, 2026
September 14, 2026
September 14, 2026
September 14, 2026
September 13, 2026
September 13, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .