ओम शान्ति एकेडेमीमा विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सम्पन्न

इ चितवन खबर

September 29, 2026

चितवन । भरतपुर महानगरपालिका–१० स्थित ओम शान्ति एकेडेमीमा आज  विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई प्रत्यक्ष अभ्यास तथा व्यावहारिक अनुभव मार्फत सिकाइ प्रदान गर्ने, पुस्तकमा पढेका विषयवस्तुलाई वास्तविक जीवन सँग जोड्ने तथा स्थानीय बजार र हाट बजारको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। साथै, स्थानीय स्तरमा उत्पादन तथा उपलब्ध हुने वस्तुहरूको बिक्री–वितरण प्रक्रिया र किनबेच सम्बन्धी आधारभूत सीपबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने कार्यक्रमको अर्को उद्देश्य रहेको थियो।


कक्षा ३ का सातवटा सेक्सनका विद्यार्थीहरूको सक्रिय सहभागिता, समन्वय र सहयोगमा आयोजित हाट बजारमा विभिन्न सामग्री समेटिएका सात वटा आकर्षक स्टल सञ्चालन गरिएको थियो।पिकक सेक्सनका विद्यार्थीहरूले दैनिक उपभोग्य सामग्री सहित ग्रोसरी स्टल सञ्चालन गरेका थिए। लोफोफोरस सेक्सनले विभिन्न प्रकारका कस्मेटिक सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखेको थियो। त्यसैगरी, स्पाइनिब्याबलर सेक्सनका विद्यार्थीहरूले बालबालिका तथा महिला–पुरुषका लागि विभिन्न डिजाइन र शैलीका सुट तथा पोसाक बिक्रीका लागि राखेका थिए।


डोब सेक्सनले विभिन्न प्रकारका ताजा तथा स्वादिला फलफूलको स्टल सञ्चालन गरेको थियो भने नाइटिङ्गेल सेक्सनले विद्यार्थीका लागि आवश्यक स्टेसनरी सामग्री उपलब्ध गराएको थियो। ब्लुबर्ड सेक्सनका विद्यार्थीहरूले नेपाली मौलिकता, संस्कृति तथा परम्परालाई झल्काउने परम्परागत भाँडाकुँडा तथा सामग्री प्रदर्शन गरेका थिए। त्यस्तै, पिजन सेक्सनका विद्यार्थीहरूले भरतपुर महानगरपालिका तथा स्थानीय क्षेत्रमा उत्पादन तथा उपलब्ध हुने विभिन्न प्रकारका ताजा तरकारीहरूको स्टल सञ्चालन गरेका थिए।


कक्षा ३ का विद्यार्थीहरूको सक्रिय सहभागिता तथा कक्षा शिक्षकहरूको सहजीकरणमा सञ्चालन गरिएको कार्यक्रममा कक्षा १, कक्षा २ तथा केजीका विद्यार्थीहरूले समेत हाट बजारको अवलोकन गरेका थिए। 


कार्यक्रममा विद्यार्थीहरूले आफूले सञ्चालन गरेका स्टल मार्फत वस्तुहरूको प्रदर्शन, बिक्री–वितरण, ग्राहकसँगको व्यवहार तथा किनबेचको अभ्यास गरेका थिए। हाट बजारको विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठ, सह–प्राचार्यद्वय राजीव चालिसे र भुवनबन्धु अधिकारी तथा एकेडेमिक काउन्सेलर एवं सामाजिक डिपार्टमेन्ट हेड नरेन्द्र कंडेलले प्रत्यक्ष अवलोकन गरेका थिए। उनीहरूले विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै कार्यक्रम आयोजक तथा सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिएका थिए।


हाट बजार कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सहकार्य, समन्वय, जिम्मेवारीबोध, सञ्चार सीप तथा आर्थिक साक्षरताको विकासमा सहयोग पुर्‍याएको विद्यालयको भनाइ छ। कक्षाकोठाभित्र सिकेको सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनसँग जोड्दै प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त भएपछि विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास समेत बढेको देखिएको थियो।
विद्यालयले यस्ता व्यवहारिक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप सिकाउनुका साथै सिकाइलाई थप प्रभावकारी र जीवनोपयोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

September 28, 2026

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

September 28, 2026

कांग्रेस महाधिवेशन तयारी समितिमा दीपक अधिकारीलाई चितवनको सह–संयोजकको जिम्मेवारी

September 26, 2026

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

September 26, 2026

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

September 26, 2026

मौसम खुल्यो, ‘आचार्य’ले देखायो आशा, झरीका बीच पहिलो दिन दर्शकको उल्लेख्य साथ

September 26, 2026

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

September 25, 2026

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

September 25, 2026

प्रतिकूल मौसमका कारण उडान प्रभावित

September 25, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .