इ चितवन खबर
October 13, 2026
चितवन। चितवन उद्योग संघको ३५ औं वार्षिक साधारणसभामा विभिन्न संस्था र व्यक्ति गरी आधा दर्जनलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले संयुक्त रुपमा ती व्यक्ति र संस्थालाई एकसाथ सम्मान र पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा चितवन उद्योग संघको पालिका समितिहरु मध्येबाट आ.व.०८२/०८३ मा सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतम सहितको कार्यसमितिलाई अवार्ड सहित सम्मानित गरिएको थियो । भने, सोही अवसरमा उद्योग संघमा उत्कृष्ट कार्य गर्दै आएका सञ्चार अधिकृत राजु भट्टलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा अवार्ड सहित सम्मान र पुरस्कृत गरिएको थियो ।
यसैगरी संघले निर्माण गरेको औद्योगिक प्रदर्शनीको प्रबद्र्धन गर्दै आएका चितवन अटोमोवाइल्ल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष एवम् चितवन अटो शो २०२५ र २६ का संयोजक राजन पिया, हालका उपाध्यक्ष यज्ञ पौडेल सहितको कार्यसमिति, चितवन अटोमोवाइल्ल एशोसिएसन र डेरी एक्स्पो आयोजना गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगाले सहितको कार्यसमितिलाई मायाको चिनो सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्पूर्ण अतिथिहरुलाई प्रदान गरिने मायाको चिनोमा गरिने खर्चबाट व्यवस्थापन हुने गरी माडी नगरपालिकामा स्थापित चेपाङ विद्यार्थीहरुलाई आवासीय सुविधा सहित अध्यापन गर्दै आएको मनमोहन वालग्रामलाई रु ३५,५३५।– वापतको चेक हस्तान्तरण गरिएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .